शुक्रबार, वैशाख १४
०६:२७

चितवनका साकोसहरुबीच असल सिकाइ आदानप्रदान 

सोमबार, साउन २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन । मंगलपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा नारायणी दोस्रो समुह चितवनको आठौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध चितवन जिल्लाका १० वटा साकोसका प्रोबेसन कार्यदलका संयोजक÷सदस्य र व्यवस्थापकका साथै संस्थाको सहायक स्तरको कर्मचारी र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ४९ जना को उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजक साकोसका अध्यक्ष बाबुराम परियारकोको अध्यक्षता, नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यता, नेफ्स्कून सञ्चालक सदस्य तथा चितवन फिल्ड कार्यलय व्यवस्थापन उप समिति संयोजक विद्या कोईराला र चितवन जिल्ला बचत संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीको विशेष उपस्थिति रहेको थियो । 

कार्यक्रमका प्रमुख बक्ता नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारीले सहकारी विभागद्वारा जारी ३५ बुँदे निर्देशनको अक्षरशः पालना गरी संस्था सञ्चालनमा सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभएको थियो । सहकारी सञ्चालनमा देखिएका कमजोरीले दिनहुँ कहिँ कतै सहकारीका नकारात्मक समाचार आइरहँदा त्यसबाट हतोत्साही नभई तरलता व्यवस्थापनमा सजग भई संस्थागत कार्यसञ्चालनलाई प्रभावकारी रुपमा अगाडि बढाउन सुझाव दिनुभएको थियो । 

कार्यशालामा प्रत्येक साकोसबाट सहायक स्तरका कर्मचारीद्वारा संस्थागत प्रस्तुती गरिएको थियो ।  कार्यक्रममा उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा अथर्व साकोसको ऋण सहायक ठाकुर प्रसाद दवाडी लाई पुरस्कृत गरिएको थियो ।  

कार्यक्रम सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सुरज चालिसेले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत संस्थाका  उपाध्यक्ष रामशरण पण्डित र कार्यक्रम सञ्चालन सचिव योगराज मिश्रले गर्नु भएको थियो । कार्यक्रममा चितवन फिल्ड कार्यालयका इन्चार्ज रिषभराज रेग्मी पनि उपस्थित हुनुहुन्थ्यो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र