शुक्रबार, वैशाख १४
०७:२१

साकोस स्तरीकरण सम्बन्धी मधेश प्रदेशका व्यवस्थापकहरु बीच अन्तरक्रिया 

आईतबार, साउन २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सर्लाही । मधेश प्रदेशका सहकारीहरुको गुणस्तर सुधार र स्तरीकणको अभियानमा व्यवस्थापकहरुको क्रियाशिलता अभिवृद्धि गर्ने उद्देश्यसहित साकोस व्यवस्थापकहरुबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना र मधेश प्रदेश म्यानेजर्स क्लबको संयोजनमा शनिवार सर्लाहीको सगुन साकोसमा आयोजित कार्यक्रममा सर्लाही, रौतहट र महोत्तरी जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका ४० जना व्यवस्थापकको उपस्थिति रहेको थियो । 

कार्यक्रमको अध्यक्षता रौतहटको नवविकास साकोसका व्यवस्थापक यज्ञ प्रसाईंले गर्नुभएको थियो । कार्यक्रममा बचत तथा ऋण सहकारी अभियान र स्तरीकरण कार्यक्रमका सम्बन्धमा नवविकास साकोसका व्यवस्थापक यज्ञ प्रसाईंले कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो भने हातेमालो बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक महेश ढुंगेलले कार्यपत्रमाथी टिप्पणी गर्नुभएको थियो । 

कार्यपत्र प्रस्तुतीकरण पश्चात सहभागी साकोस व्यवस्थापकहरुले साकोसका असल अभ्यास र स्तरीकरण कार्यक्रमका असल सिकाईबारे अनुभवहरु आदान प्रदान गर्नु भएको थियो । 

नेफ्स्कून सर्लाही फिल्ड कार्यलयका इन्चार्ज महेश बरालले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नुभएको थियो । त्रिवेणी साकोसका व्यवस्थापक रामलाल महतोले सञ्चालन गर्नुभएको कार्यक्रममा म्यानेजर्स क्लबका सदस्य रविन्द्र रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र