शुक्रबार, वैशाख १४
०६:४४

लमजुङमा पनि सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन

शनिबार, साउन २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

लमजुङ । नेफ्स्कून लमजुङ फिल्ड कार्यालयको आयोजनामा लमजुङमा सञ्चालित सहकारीहरुका लागि पनि कोपोमिस तालिम प्रदान गरिएको छ । 

लमजुङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य महेन्द्र लाल श्रेष्ठको अध्यक्षतामा तालिमको सुरुवात भएको थियो । उपसमिति सदस्य महेन्द्रलाल श्रेष्ठले सहकारीहरुले कोपोमिसको युजर नेम र पासवर्ड लिएर समष्टिगत विवरण भरी सबमिसन नं लिएपछि मात्रै कर चुक्ता प्रमाणमत्र लिनसकिने हुँदा समयमै सहकारीका विवरणहरु कोपोमिस प्रणालीमा प्रविष्टि गर्न सहभागी सबैमा अनुरोध गर्नुभएको थियो । 

सहकारी विभागले जारी गरेको सूचना सम्पूर्ण सहकारी संघ संस्थाले पालना गनुपर्ने र सहकारी सम्बन्धी वास्तविक तथ्यांक राज्यलाई दिनुपर्ने भएकोले सबै सहकारी संस्थाले कोपोमिसमा आफ्ना सहकारीको वास्तविक तथ्यांक भर्नुपर्नेमा जोड दिनुभएको थियो ।

तालिममा लमजुङका २९ साकोस र तनहुँको १ साकोसबाट गरी ३५ जनाको सहभागिता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदी र व्यवस्थापन सहजीकरण लमजुङ फिल्ड कार्यालयका ईन्चार्ज विनोद ढकालले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र