आईतबार, जेठ ६
१२:५१

स्याङ्जाको कञ्चन साकोस स्तरीकरण कार्यक्रम प्रोबेसनमा आबद्ध

शुक्रबार, साउन २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

स्याङ्जा । जिल्लाको कालिगण्डकी गाउँपालिका –६, छाप मा अवस्थित कञ्चन बचत तथा ऋण सहकारी संस्था लि.प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चितासम्बन्धी पूर्ण तथा व्यावायिक साकोस विकास कार्यक्रम हो । 

साकोसको कार्यालयमा आज, श्रावण २० गते आयोजित कार्यक्रममा साकोसका अध्यक्ष इन्द्र बहादुर थापा र नेफ्स्कूनको तर्फबाट बरिष्ठ कार्यक्रम अधिकृत नविन राज दाहालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । 

कार्यक्रममा स्याङ्जा जिल्ला बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, साकोसका उपाध्यक्ष मन बहादुर थापा, कोषाध्यक्ष छविलाल न्यौपाने, सञ्चालक समिति सदस्यहरु खिमलाल थापा, लक्ष्मण श्रेष्ठ, हुमकला बि.सी. कामी, साकोसका व्यवस्थापक परशुराम थापा र नेफ्स्कूनको तर्फबाट पोखरा फिल्ड कार्यालय ईन्चार्ज यमकला सुवेदी र कार्यक्रम अधिकृत रिता सुवेदी उपस्थित हुनुहुन्थ्यो । 

स्याङ्जा जिल्ला बचत संघका अध्यक्ष श्रेष्ठको अगुवाईमा नेफ्स्कूनको आधारिशला कार्यक्रम अन्तर्गत स्याङ्जाको विकट गाउँमा रहेको कञ्चन साकोस स्तरीकरण कार्यक्रममा जोडिएको हो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र