सोमबार, वैशाख २४
०४:१९

बेथानचोक साकोसको आयोजनामा प्रोबेसन समिक्षा गोष्ठी सम्पन्न 

सोमबार, साउन १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) बागमतीको तेस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला काभ्रेमा आइतबार सम्पन्न भएको छ । बेथानचोक नारी चेतना बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सम्पन्न गोष्ठीको अध्यक्षता साकोसकी अध्यक्ष अम्बिका थापा मगर र प्रमुख आतिथ्यता नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

गोष्ठीमा वेथानचोक गा.पा. वडा नम्वर ४ का वडाअध्यक्ष कृष्ण बहादुर पाख्रीन, सोही वडाका निवर्तमान वडा अध्यक्ष लाल बहादुर श्रेष्ठ, नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश तिमल्सिना, बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपाने, गोंगबु फिल्ड इन्चार्ज प्रकाश अधिकारीको उपस्थिति रहेको थियो । 

प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र नारी चेतना केन्द्रकी सचिव शान्ती लामाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

बेथानचोक नारी चेतना साकोसकी उपाध्यक्ष अमृता कोईरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रम साकोसकी सञ्चालक अनिषा थापा मगर लामाले सञ्चालन गर्नुभएको थिो ।  

कार्यशालामा चाबहिलको नवसृजनशील साकोस, नयाँ बानेश्वरको ज्योतिपुञ्ज साकोस, बसुन्धराको नौलखा साकोस, गोंगबुका राधाश्वामी साकोस, उद्देश्य साकोस, काभ्रेपलान्चोकको अग्नी साकोस र बेथानचोकको बेथानचोक नारी चेतना साकोसका प्रतिनिधिहरु सहित ४० जनाको सहभागिता रहेको थियो । 

कार्यशालाको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यशालामा अघिल्ला गोष्ठीको समिक्षा, समसामयिक विषयवस्तुमा अन्तरक्रिया सहित साकोस प्रतिनिधिहरुले आ आफ्ना संस्थागत प्रगति समिक्षा प्रस्तुत गर्नुभएको थियो । आगामी कार्यशालाको सञ्चालन सहजीकरण काठमाडौंको राधास्वामी साकोस को आयोजना तथा व्यवस्थापनमा कात्तिक २५ गते गर्ने निर्णय गरिएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र