सोमबार, वैशाख २४
१२:५५

शिखर साकोसका सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

आईतबार, साउन १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुर्खेत । शिखर बचत तथा ऋण सहकारी संस्था लि.(भेरीगंगा–११, रामघाट) ले ५ दिने साकोस सञ्चालकहरुको क्षमता अभिवृद्वि (CUDCC) तालिम सम्पन्न गरेको छ ।
 
साकोसका अध्यक्ष भुपेन्द्र बहादुर सिंहको अध्यक्षतामा सुरु तालिमको उद्घाटन साकोसका निवर्तमान अध्यक्ष खड्ग बहादुर चन्दले गर्नुभएको थियो । 

शिखर साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना र कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको थियो । 

तालिममा सञ्चालक समितिको तर्फबाट सात जना, निवर्तमान अध्यक्ष, लेखा सुपरिवेक्षण समितिका १ जना, सेवा केन्द्र उप–समितिका २ जना, जिल्ला सहकारी संघका प्रतिनिधि १ जना, सेयर सदस्य ३ जना र कर्मचारी २ जना गरी जम्मा १७ जनाको सहभागिता रहेको थियो । 

सहकारी संस्था सञ्चालनमा सञ्चालकहरुको भूमिका, जिम्मेवारी र प्रभावकारिता, साकोसमा वस्तु तथा सेवाहरुको विकास र बजारीकरण, सदस्यहरुको आवश्यकता, वित्तीय बजारमा साकोसले ओगटेको क्षेत्र, साकोसमा वित्तीय व्यवस्थापन र पर्ल्स विश्लेषण, ब्यवस्थापक र सञ्चालकहरुको आपसी सहकार्य, ऋण लगानी तथा असुलीमा सञ्चालकहरुको भूमिका, भाखा नाघेको ऋण व्यवस्थापन, रणनितिक योजना, सिकाई व्यवस्थापनका लागि कार्ययोजना, मानव संशाधन व्यवस्थापन, साकोस सुशासन, सहकारीमा हुन सक्ने श्रोतको दुरपयोग र निराकरणका उपायहरु तथा सहकारी ऐन, नियम–कानुनका विषयमा विस्तृत रुपमा छलफल गरिएको थियो । 

कार्यक्रमको अन्तिम दिन प्रतिवेदन र मुल्यांकन पेश भए पश्चात समापन समारोहका प्रमुख अतिथि नेफ्सकूनका महासचिव दामोदर अधिकारीद्वारा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण तथा मन्तव्य र संस्थाका अध्यक्षद्वारा आफ्ना भनाईहरु राख्दै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र