सोमबार, वैशाख २४
०१:५२

मार्गदर्शन साकोसको संस्थागत विकास तालिम पोखरामा सम्पन्न

आईतबार, साउन १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका १६ स्थित मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि.को संस्थागत विकास तालिम शनिबार पोखरामा सम्पन्न भएको छ । 

साकोसका अध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा सुरु भएको तालिममा साकोसका सञ्चालक समितिका पदाधिकारी, सञ्चालक सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु र कर्मचारीको सहभागिता रहको थियो । 

श्रावण ११ देखि १४ सम्म सञ्चालित तालिम नेफ्स्कूनका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने तथा अनुगमन अधिकृत सुर्यप्रसाद तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो । साकोसका सचिव गनबहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

तालिम समापनका अवसरमा बोल्दै साकोसका उपाध्यक्ष डोलबहादुर गुरुङले संस्थागत विकास तालिम उपलब्धिमुलक रहेको र तालिमबाट प्राप्त ज्ञान सिकाई संस्थागत विकासका लागि व्यवहारोपयोगी रहने बताउनुभयो । कोषाध्यक्ष गीता न्योपानेले तालिमले दिगो सस्था विकासका लागि दिर्शानिर्देश गरेको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत दिपक गौतमले तालिमबाट प्राप्त ज्ञान सीप साकोसमा तत्काल कार्यान्वयनमा ल्याउन उत्सुक रहेको बताउनुभयो ।

नेफ्स्कूनद्वारा सञ्चालित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनम आबद्ध मार्गदर्शन साकोसमा हाल सेयर सदस्य र बालकर्ता सहित ६ हजार जना सहभागी छन् भने साकोसको कुल वासलात ५२ करोड ७६ लाख रहेको छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र