सोमबार, वैशाख २४
१२:०६

सहकारीका असल अभ्यास सिक्न काठमाडौंका सहकारीद्वारा अवलोकन भ्रमण 

शुक्रबार, साउन १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) अन्तर्गत काठमाडौं चौथो समूहमा आबद्ध बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुद्वारा काभ्रेको बनेपामा सञ्चालित दुई नमूना सहकारीहरुको अवलोकन भ्रमण गरेका छन् । 

कालिमाटीको जन धन साकोस, बनस्थलीको नरपानी देवनगर साकोस, कपनको सप्तदेव साकोस, भद्रबासको हजुरको त्रिवेणी साकोस, भद्रबासकै जनशक्ति कृषि साकोस, चाबहिलको सिन्धुसागर साकोस, पासागुवाहाली पुच साकोस र कलंकीको कन्कालीमाई साकोसका पदाधिकारी र व्यवस्थापकहरु सम्मिलित टोलिले श्रावण ११ गते बुधबार काभ्रेको पनौतिमा रहेका सामूदायिक साकोस र चण्डेश्वरी साकोसको अवलोकन भ्रमण गरेका हुन् । अवलोकन भ्रमणले समुदायमा सञ्चालित सहकारीहरुले गरेका असल अभ्यास र उत्कृष्ट सहकारी मोडलहरुको बारेमा जानकारी प्राप्त हुने विश्वास भ्रमण टोलिको रहेको थियो ।

अवलोकन भ्रमण टोलिलाई सामुदायिक साकोसका सञ्चालक सदस्य तथा शिक्षा समिती संयोजक मुकुन्द अर्यालले स्वागत गर्दै संस्थाको संक्षिप्त परिचय गराउनु भएको थियो । प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाका गतिविधि तथा असल अभ्यासका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

त्यसैगरी चण्डेश्वरी साकोसका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहालले भ्रमण समूहलाई संस्थामा स्वागत गर्दै संस्थाका गतिविधि, स्तरीकरण कार्यक्रमका संस्थागत अभ्यास र साकोसको जोखिम न्यूनीकरणका उपायहरु सम्बन्धमा प्रस्तुतीकरण सहित अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो । 

अवलोकन भ्रमण सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनाली, कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदी र नेफ्स्कून बनेपा फिल्ड कार्यालयका ईन्चार्ज राम सापकोटाले गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र