बिहीबार, वैशाख २०
०४:०४

मकवानपुरमा सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन

बिहीबार, साउन १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून फिल्ड कार्यालय मकवानपुरको आयोजनामा साकोस प्रतिनिधिहरुका लागि कोपोमिस तालिम सञ्चालन भएको छ । मकवानपुरको हेटौडा उपमहानगरपालिका–५ मा रहेको ग्रामिण महिला सेवा केन्द्रको सभाहलमा बुधबार आयोजित तालिममा मकवानपुरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ४० जनाको सहभागिता रहेको थियो । 

मकवानपुर फिल्ड व्यवस्थापन उपसमिति सदस्य राजु गौतमको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल हुनुहुन्थ्यो । 

तालिममा हेटौडा उपमहानगरपालिकाकी सहकारी शाखा अधिकृत सुस्मिता महत, हेटौडा उपमहानगरपालिकाकी कम्प्युटर अपरेटर नीरदेबी महर्जन लगायतको उपस्थिति रहेको थियो । 

प्रमुख अतिथि हिम प्रसाद पौडेलले सहकारी ऐन नियम अनुसार सहकारी सञ्चालन गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले ऐनमा उल्लेख भए बमोजिम सहकारीले कोष विभाजन गर्नुपर्ने, नीति विधि र प्रविधिमा सञ्चालन हुनुपर्ने, कोपोमिसमा आबद्ध भई समष्टिगत विवरण भर्नुपर्ने लगायतका विषयहरुमा जानकारी गराउँदै कोपोमिसमा समष्टिगत विवरण भर्न आनाकानी गर्ने सहकारीहरुको करचुक्ता प्रमाणपत्र रोकिने स्पष्ट पार्नुभयो । 

तालिमका सभाध्यक्ष राजु गौतमले सहकारीको वित्तीय कारोबार सहकारी अभियानभित्रै रहनुपर्नेमा जोडदिनुभयो । उहाँले बचत तथा ऋण सहकारी अभियान सुदृढीकरणका लागि नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरणका कार्यक्रमहरुमा सहभागी हुन सम्पूर्ण सहकारीहरुमा अनुरोध गर्नुभयो । 

तालिम सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत सौभाग्य भट्टराइले गर्नुभएको थियो भने व्यवस्थापन सहजीकरण नेफ्स्कून मकवानपुर फिल्ड कार्यालयकी ईन्चार्ज ज्योति महतले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र