बिहीबार, वैशाख २०
०२:३२

प्यूठानको विजय फूलबारी साकोस एक्सेस कार्यक्रममा आबद्ध

सोमबार, साउन ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

प्यूठान । विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. प्यूठान एशियाली स्तरको एक्सेस कार्यक्रममा आबद्ध भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र एशियाली ऋण महासंघको समन्वयमा सञ्चालित एशियाली स्तरको सहकारी ब्राण्डि∙ गर्ने कार्यक्रम एक्सेसमा संस्था आवद्ध भएको हो ।

एक्सेस  (A-One Competitive Choice for Excellence In service) कार्यक्रम सञ्चालनका लागि नेफ्स्कून र विजय फूलबारी साकोस बीच सोमवार दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । सम्झौतामा नेफ्स्कूनको तर्फवाट कार्यक्रम अधिकृत कोमल राज अधिकारी तथा सहकारी संस्थाको तर्फवाट अध्यक्ष भोज बहादुर बस्नेतले हस्ताक्षर गर्नुभएको थियो । 

संस्थाका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षतामा भएको एक्सेस कार्यक्रम सम्झौता तथा अभिमुखीकरण कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नु भएको थियो । उत्कृष्ट सेवा सुरक्षाको लागि सर्वोत्तम छनौट एक्सेस कार्यक्रममा आवद्ध हुनुले संस्थाको संस्थागत विकास, सदस्य सेवा तथा व्यावसायिकता विकासमा ठूलो मद्दत पुग्ने संस्थाका अध्यक्ष बस्नेतले विश्वास व्यक्त गर्नु भयो । 

राष्ट्रिय स्तरको प्रोवेसन कार्यक्रममा आवद्ध भई लगातार दुई पटक सफलताको ब्राण्ड प्राप्त गरेको फूलबारी बचत तथा ऋण सहकारी संस्था र बिजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था लि. एकीकरण भई विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.को नामबाट गत महिना देखि संयुक्त कारोवार सञ्चालन भएको छ । संस्थामा हाल ४ हजार ९ सय शेयर सदस्य तथा २१ करोड कुल पुँजी रहेको संस्थाले जनाएको छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र