शनिबार, वैशाख १५
१०:३४

सामूहिक साकोसको तेस्रो विस्तारित मञ्च कार्यक्रम सम्पन्न 

शनिबार, असार १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको २५औं स्थापना दिवस र आ.व. २०७९/०८० को अनुमानित बजेट र नीति तथा कार्यक्रम विषयक छलफल सहितको विस्तारित मञ्च आज साकोसको सभाहलमा सम्पन्न भएको छ ।

साकोसका अध्यक्ष धनेशराज राजोपाध्यायबाट संस्थाको २५औं स्थापना दिवसको औचित्य र आवश्यक तयारी सम्बन्धमा जानकारी गराउनुभएको थियो । संस्थागत दिगो विकासका लागि आवश्यक मार्गनिर्देशन सहित आन्तरिक प्रक्रियाका बारेमा बोल्दै लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठले योजनाबद्ध कार्यक्रम र निर्दिष्ट लक्ष्य तय गर्नुपर्ने बताउनुभयो । 

साकोसका कोषाध्यक्ष अशोकरत्न शाक्यले तरलता व्यवस्थापनको समस्या अहिलेको सबैको समस्या भएकोले सो समस्याबाट साकोसमा पर्न सक्ने प्रभाव व्यवस्थापनमा सबै पक्षको साथ सहयोगको आवश्यकता रहेको औल्याउनुभयो । साकोसका सचिव तथा विस्तारित मञ्च कार्यदलका संयोजक कृष्णहरि सैँजुले संस्थाले सदस्य केन्द्रित कार्यक्रममा साधारण सभा बाहेक पनि अन्य कार्यक्रमबाट सदस्यको राय सल्लाह लिन सकेमा संस्था अघि बढ्न सहज हुने बताउनुभयो । 

व्यवस्थापक कविन्द्र धौवन्जारले प्रस्तुतीकरण गरिएको उक्त कार्यक्रममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, सदस्यहरु र कर्मचारी गरी ३१ जनाको सहभागिता रहेको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र