बिहीबार, जेठ ३
०५:२७

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न 

बिहीबार, असार १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) मकवानपुर फिल्ड कार्यालयको आयोजनामा वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भएको छ । 

असार १५ र १६ दुई दिन सञ्चालित तालिममा मकवानपुर जिल्ला बचत संघ र जिल्लाका प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि गरी ३१ जनाको सहभागिता रहेको थियो । तालिम समापन समारोहको अध्यक्षता नेफ्स्कूनकी सञ्चालक सदस्य एवम् मकवानपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक विद्या कोइरालाले र प्रमुख आतिथ्यता नेफ्स्कून लेखा सुपरिवेक्षण समितिका सदस्य सुशिल कुमार बस्न्यातले गर्नुर्भको थियो । 

कार्यक्रममा प्रमुख अतिथि बस्न्यात र सभाध्यक्ष कोइरालाले तालिमको महत्व साथै नेफ्स्कूनका सेवाहरु सम्बन्धमा जानकारी गराउनुभएको थियो । सो अवसरमा नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य राजेन्द्र पौड्यालले नेफ्स्कूनको सेवा तथा गुणस्तरिय कार्यक्रमको महत्वको बिषयमा प्रकाश पार्नुभएको थियो । त्यसैगरी मकवानपुर जिल्ला बचत संघकी सञ्चालक सदस्य शर्मिला महतले पनि नेफ्स्कूनले सञ्चालन गर्ने तालिम महत्वपूर्ण रहने बताउँदै तालिमको गुणस्तरीयता सम्बन्धमा स्पष्ट पार्नुभएको थियो । 

दुई दिवसीय तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले गर्नुभएको थियो भने सञ्चालन तथा व्यवस्थापन मकवानपुर फिल्ड कार्यालयकी इन्चार्ज ज्योति महतले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र