शुक्रबार, जेठ ४
०५:३७

पुराना साझा (सहकारी) संघ/संस्थामा रहेको ऋण तथा रोक्का जग्गाको विवरण पठाउन विभागद्वारा निर्देशन जारी 

बिहीबार, असार १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । राष्ट्रिय सहकारी विभागले पुराना साझा (सहकारी ) संघ/संस्थामा रहेको ऋण तथा रोक्का जग्गाको विवरण भरी भराई २०७९ श्रावण १७ गतेभित्र विभागमा पठाउन बुधबार निर्देशन जारी गरेको छ । 

पुराना साझा (सहकारी) संस्थाको सम्पत्ति, दायित्व यकिन गर्न तथा सदस्यको ऋण व्यवस्थापन गरी रोक्का भएका जग्गा फुकुवा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको निर्णय अनुसार उक्त विवरण पठाउन निर्देशन दिइएको विभागले जनाएको छ ।

विभागका रजिष्ट्रारको संयोजकत्वमा गठन भएको कार्यदलको बैठकको निर्णयबाट साविकका संस्थामा आवद्ध रहेका सदस्यहरुले संस्थागत २०४९ जेठ २ अगावै गरेको ऋणको कारोबारबाट उल्लेखित विषयहरु स्पष्ट रुपमा खुल्नेगरी साउन १५ भित्र पठाउन निर्देशन दिएको छ ।

संस्थाले साझा (सहकारी) संस्थालाई हालसम्म तिर्न बाँकी रहेको साँवा, ब्याज, हर्जना समेत जम्मा तिर्नुपर्ने दायित्व रकम, संस्थाका सदस्यको नाममा रोक्का रहेको घरजग्गा र रोक्का राख्ने बैंकको विवरण तथा संस्थाका सदस्यलाई ऋण प्रवाह गर्ने शिलशिलामा तत्कालिन साझा (सहकारी)संघ संस्थाले कृषि विकास बैंकसँग लिएको ऋणको विवरण पठाउन भनिएको छ ।

विभागले प्रदेश सहकारी मन्त्रालय, प्रदेश रजिष्ट्रारको कार्यालय तथा सबै स्थानीय तहहरु र सहकारी महासंघ, केन्द्रीय सहकारी संघ एंव जिल्ला संघलाई समेत जारी सूचनालाई आधार मानी विवरण भर्ने भराउने कार्यमा सहजीकरण गरिदिन अनुरोध समेत गरेको छ । साउन १७ गतेभित्र विवरण पेश हुन नआएमा पछि छुट हुन गएको भनी मागदावी गर्न पाइने छैन ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र