शुक्रबार, जेठ ४
०१:१६

स्तरीकरण कार्यक्रम निकै फलदायी रहेको प्रोबेसन मेची कोशीमा सहभागी प्रतिनिधिहरूको भनाई 

बुधबार, असार १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मोरङ । एकीकृत जनभावना साकोस, लेटाङ–२, मोरङको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा मेची–कोशी पहिलो क्लस्टरको मोरङमा १८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) आज, असार १५ गते आयोजक साकोसको सभाहलमा सम्पन्न भएको छ । 

कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (PROBATION) मा आबद्ध मोरङ र सुनसरी जिल्लाका ६ वटा साकोसका प्रोबेसन कार्यदल संयोजक÷सदस्य र व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ३२ जना को उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष हेरम्ब राज भट्टराईको अध्यक्षता, प्रमुख अतिथिको रुपमा लेटाङ नगपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावती, लेटाङ नगरपालिका वडा नं २ का वडा अध्यक्ष तेज प्रसाद तिम्सिना, वडा नं ५ का वडा अध्यक्ष भुम सुर्य मगर, लेटाङ नगरपालिकाका ईन्जिनियर भानुभक्त राई, आयोजक साकोसका पूर्व अध्यक्ष चन्द्र प्रसाद गौतम, नेफ्स्कून लेटाङ सेवा केन्द्र प्रमुख गणेश प्रसाद भण्डारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रमबाट सहकारी विच सहकार्यको भावना र असल अभ्यासहरु एक आपसमा आदन प्रदान गर्ने वातावरण सिर्जना भएको भन्दै  नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धिका लागि सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रम निकै फलदायी रहेकोप्रति सहभागीहरुले जोड दिएका थिए । 

कार्यक्रममा सहभागी साकोसहरुबाट आ आफ्ना संस्थागत प्रस्तुतीहरु रहेका थिए भने उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा कञ्चनजङ्घा साकोस, मोरङका व्यवस्थापक युवराज सिग्देललाई पुरस्कृत गरीएको थियो । उक्त कार्यक्रम सहजीकरण नेफ्स्कून अनुगमन अधिकृत शौभाग्य भट्टराईले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत आयोजक संस्थाको उपाध्यक्ष मञ्जु खतिवडा र सञ्चालन कार्यक्रम सचिव सुरेश अधिकारी र सह-व्यवस्थापक टंक बहादुर मच्कोटीले गर्नु भएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र