बिहीबार, जेठ ३
०८:१८

‘जे सकिन्छ, त्यसैमा आत्मनिर्भर बन्ने प्रयास गरौं’

बुधबार, असार १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का महासचिव दामोदर अधिकारीले असार १५, मानो रोपेर मुरी फलाउने दिनको सम्पूर्ण सदस्य संघ संस्था र कृषि कर्ममा सहभागी सदस्यहरुमा शुभकामना प्रदान गर्नुभएको छ । उहाँले असार १५, नेपालीहरुका लागि परम्परादेखिनै महत्वपूर्ण दिनको रुपमा लिने गरिएको बताउनुभयो । आज हामी प्रत्यक्ष कृषिमा जोडिन नसकेपनि घरको गमलामा दुईवटा खुर्सानीको विरुवा रोपेर भएपनि खुर्सानीमा आत्मनिर्भर बन्ने प्रयासमा लाग्नुपर्ने सन्देश कर्मचारीहरुमार्फत प्रवाह गर्नुभएको थियो । घर करेसाबारीमा हुन सक्ने तरकारीको उब्जनीबाट पनि हामी तरकारीमा आत्मनिर्भर बन्न सकिने विचार उहाँले राख्नुभएको थियो ।

असार १५  अर्थात ‘राष्ट्रिय धान दिवस’ साथै दहि चिउरा खाने दिनलाई परम्परागत पर्वको रुपमा मनाउने प्रचलन छ । असार १५ लाई मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिने गरिन्छ । यस विशेष दिनको अवसर पारेर नेफ्स्कून कर्मचारी परिवारले आयोजना गरेको दहि चिउरा खाने कार्यक्रममा संघका महासचिव दामोदर अधिकारीले असार १५ को शुभकामना सन्देश दिनुभएको हो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र