बिहीबार, जेठ ३
०७:३१

विद्यार्थीकालका साथीहरुको सहयोगबाट ऋण मुक्त बन्यो परिवार

बुधबार, असार १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मन्थली । सहकारीबाट ऋण लिएको केही बर्षपछि मृत्यु भई समस्यामा रहेका मृतकका घरपरिवारलाई विद्यार्थीकालका साथीहरुको सहयोगबाट ऋण मुक्त बनाएको छ । ६ बर्ष अघि मृत्यु भएका जिल्लाको मन्थली नगरपालिका २ का इम बहादुर बिकको परिवारलाई मन्थली माबिका २०५५ सालको एसएलसी ब्याजका विद्यार्थीले ऋणको भारबाट मुक्त गराई घरबार बिहिन हुनबाट जोगाएका हुन् । 

विकले २०७२ सालमा मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट घरजग्गा धितो राखेर ५० हजार रुपैँया ऋण लिएका थिए । ऋण लिएकै केही समयमा उनको मृत्यु भए पछि उक्त ऋण ब्याज सहित ९५ हजार पुगेको थियो । बिकको मृत्यु पश्चात उनको नाबालक छोराले उक्त ऋण तिर्ने अबस्था थिएन र धितो लिलाम हुने स्थितिमा पुगि सकेको थियो । 

मृतक सहपाठी साथीको जग्गा नै लिलाम हुन लगेको र उनका छोराहरू घरबार बिहिन हुने अवस्था  सुने पछि २०५५ साल एसएलसी ब्याजमा पढ्ने विद्यार्थीहरूले आफू आफूले धेरथोर रकम उठाएर सहकारीको ९५ हजार रुपैँया ऋण तिरिदिएका हुन । 

मंगलबार बिहान २०५५ सालको एसएलसी ब्याजले मन्थली माविमा एक  कार्यक्रमको आयोजना गरी विकका छोराहरूलाई सहकारीको ऋण तिरेर निखनेको जग्गाधनी पुर्जा हस्तान्तरण गरेका थिए  । ९५ हजार मध्ये मन्थली बचतले ३५ हजार छुट गरिदिए पछि ६० हजार नगद २०५५ सालको एसएलसी ब्याजले तिरेको हो ।  मृतक बिकका  २२, १८ र १२ वर्षका ३ भाइ छोरा छन् । मृतककी श्रीमतिको पनि निधन भइसकेको बताइएको छ । 

विकका १२ वर्षीय छोरालाई मंगलबार नै विद्यालय सामाग्री समेत हस्तान्तरण गरिएको छ । उहाँले पढ्न चाहेमा उच्च शिक्षासम्मको खर्च समेत सोहि व्याजका विद्यार्थीले नै जुटाउने  सहयोग हस्तान्तरण कार्यक्रमका अध्यक्ष तिर्थ सुबेदीले बताउनुभयो ।  

मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा मन्थली बचतले पनि पीडित परिवारलाई क्रिया खर्च बापतको रकम रु २० हजार हस्तान्तरण गरेको थियो ।

वडाध्यक्ष कार्कीले विकका छोराहरूको वृद्धि विकासका लागि आफू हर तवरले लाग्ने बताउनुभयो  । कार्यक्रममा बोल्दै  मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गोबिन्द प्रसाद घिमिरेले पनि छोराको अध्ययनका लागि आबश्यक सहयोग गर्ने बताउनुभयो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र