बिहीबार, जेठ ३
११:५६

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न

बुधबार, असार १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन । जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धि अभिमुखिण सञ्चालन भएको छ  । मंलगबार नेफ्स्कून फिल्ड कार्यालय चितवनको सभाहलमा आयोजित कार्यक्रममा नेफ्स्कूनको प्राविधिक सहजीकरण र चितवन जिल्ला बचत संघको सहकार्य तथा समन्वय रहेको थियो । 

नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइरालाको अध्यक्षता र चितवन जिल्ला बचत संघका अध्यक्ष हरिश्चन्द्र सुवेदी तथा सचिव रामराज पौडेलको उपस्थितिका कार्यक्रमको शुभारम्भ भएको थियो । 

चितवन बचत संघका अध्यक्ष हरिशचन्द्र सुवेदीले विद्यमान समयमा राज्यले अवलम्बन गरेको नीतिको पालना गर्दै साकोसहरुले आफ्नो सम्र्पूण विवरणहरु राज्य मातहतका निकायहरुमा अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो । साकोसहरु अब पूर्ण प्रविधिमैत्री हुनुको विकल्प नरहेको भन्दै उहाँले  कोपोमिस कार्यान्वयमा तदारुकता देखाउन सहभागी सम्पूर्ण साकोस प्रतिनिधिहरुलाई अनुरोध गर्दै आफ्ना कर्मचारीहरुको प्राविधिक सक्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । 

नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोईरालाले कोपोमिसमा आवद्धता हुनुपर्ने तथा कुनै जरिवाना तथा शुल्क नतिरिकन संस्थाले समयमानै आफ्ना सम्पूर्ण वित्तीय विवरणहरु अद्यावधिक गरी राज्यले अवलम्बन गरेको नीतिलाई साथ दिनुपर्ने कुराको जानकारी गराउनुभएको थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका कर्मचारी अर्जुन गुरुङले गर्नुभएको थियो । उहाँले आफ्नो प्रस्तुतीकरण मार्फत संस्थागत वित्तिय विवरणहरु कोपोमिसमा अद्यावधिक गराउने विषयलाई प्रष्ट पार्नुभएको थियो । अभिमुखीकरणमा जिल्लाका ३३ बचत तथा ऋण सहकारी संस्थाबाट ३४ जनाको सहभागिता थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून चितवन फिल्ड कार्यालयका ईन्चार्ज रिषभराज रेग्मीले गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र