बिहीबार, जेठ ३
१२:२९

वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न

मंगलबार, असार १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून फिल्ड कार्यालय दाङको आयोजनामा घोराहीमा सञ्चालित सहकारीका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भएको छ । 

तालिम उद्घाटन सत्रमा दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रुप बहादुर खत्रीको अध्यक्षता र घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डि.सी.को प्रमुख आतिथ्यता रहेको थियो ।

सो अवसरमा नेफ्स्कून दाङ फिल्ड व्यवस्थापन उपसमिति सदस्य द्वय भरत बहादुर बुढाथोकी, हेमन्त योगी र नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदीको आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि उपप्रमुख डि.सी.ले घोराही उपमहानगरभित्रका सहकारीहरुलाई सुशासनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बचतबद्धता व्यक्त गर्नुभएको थियो । नगर उपप्रमुख निर्वाचित भए पनि सहकारी संघ संस्थाको विकासप्रति लागिरहने र त्यसका लागि आवश्यक ठाउँहरुमा समन्वय र सहकार्य निरन्तर रहने  बताउनुभयो । 

जिल्ला बचत संघका अध्यक्ष खत्रीले नेफ्स्कूनले आवश्यक समयमा वार्षिक योजना तथा बजेट निर्माण तालिम उपलब्ध गराएर साकोसका आगामी आर्थिक बर्षका कार्यक्रमहरुको प्राथमिकता निर्धारण गर्नमा सहज हुने बताउनुभयो । उहाँले नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरणका कार्यक्रममा सहभागी हुन र अभियानको जगेडा कोषको रुपमा रहेको स्थिरीकरण कोषमा सहभागिता जनाउन सम्पूर्ण सहकारीकर्मीहरुलाई अनुरोध गनुभयो । 

तालिममा रुकुम, रोल्पा, प्यूठान, सल्यान र दाङ जिल्लाबाट गरी ४० वटा बचत तथा ऋण सहकारी संस्थाका साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका  तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन व्यवस्थापन दाङ फिल्ड कार्यालयका ईन्चार्ज विष्णु जोशी र कर्मचारी पुजा कुमारी अग्रहरीले गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र