बिहीबार, जेठ ३
११:११

बडीगाड गाउँपालिकामा सहकारी सम्बन्धी लेखा व्यवस्थाप तालिम सञ्चालन

मंगलबार, असार १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बागलुङ । बडीगाड गाउँपालिकामा सहकारीको लेखा व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । बडीगाड गाउँपालिकाको आयोजना, बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को सहकार्य र नेफ्स्कूनको प्राविधिक सहयोगमा असार १२ गतेदेखि सञ्चालित तालिमको आज समापन हुँदैछ । 

तालिम शुभारम्भका अवसरमा नेफ्स्कूनका सञ्चालक सदस्य चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षता र बडीगाड गाँउपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत नारायण भण्डारी, वडा नं. २ का अध्यक्ष ढालेन्द्र बहादुर शेरचन, वार्ड नं. ५ का अध्यक्ष विष्णु प्रसाद आचार्य, वार्ड नं. ७ का अध्यक्ष,  दिपेन्द्र प्रसाद पेसी, बागलुङ जिल्ला बचत संघका लेखा सुपरिवेक्षण समिति संयोजक महेन्द्र सिं रायमाझी, सवजल साकोस बाग्लुङका अध्यक्ष कृष्ण घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि गण्डकी थापा अधिकारीले गाउँपालिकाको नीति तथा कार्यक्रममा सहकारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको र नियमनको पाटोलाई पनि चुस्त दुरुस्त बनाइने बताउनुभयो । उहाँले बडीगाडमा १५ वटा सहकारी संस्था क्रियाशिल रहेको बताउँदै सदस्य र समाजमा आर्थिक रुपान्तरण ल्याउन अब सम्पूर्ण सहकारी क्रियाशिल बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सहकारी सहकारीको मर्म तथा सिद्धान्त बमोजिम सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सहकारीमार्फत गरिबी निवारणमा अतुलनीय योगदान रहेको हुँदा सहकारीले आफ्ना सदस्यहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सक्ने गरी वित्तीय सेवा तथा उपयुक्त सीप तालिम प्रदान गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रमका सभाध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले बडीगाड गाउँपालिकाको नीति तथा कार्यक्रममा सहकारी क्षेत्रलाई बिशेष प्राथमिकतामा राखिएको अभिव्यक्तिप्रति नेफ्स्कून र सहकारी अभियानको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो । सहकारी संस्था सञ्चालन ज्यादै कठिन कार्य रहेकोले सदस्यको चाहना आवश्यकता बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँले सहकारी मार्फत गरिबी निवारणमा योगदान पुर्याउन अब साना सहकारी होइन एकीकरणमार्फत ठूला सहकारीको आवश्यकता भएको प्रष्ट पार्नुभएको थियो । 

तालिममा गाउँपालिका भित्र सञ्चालित विभिन्न बचत तथा ऋण  सहकारी संस्थाका पदाधिकारी, उपसमिति सदस्य एवम् कर्मचारीहरु सहित २१ जनाको उपस्थिति रहेको छ । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला र कार्यक्रम अधिकृत सूर्य तिमिल्सिनाले गर्नुभएको छ । तालिम आज साँझ समापन हुँदैछ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र