बिहीबार, जेठ ३
०४:३६

हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न

मंगलबार, असार १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सर्लाही । जिल्लाको हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ । यहि असार १२ र १३ गते नेफ्स्कून र हरिवन नगरपालिकाको साझेदारीमा सञ्चालि आधारशिला कार्यक्रम अन्तर्गत दोस्रो चरणको सहकारी सचेतीकरण तथा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । हरिवन नगरपालिका कार्यक्षेत्र भित्र रहेका सहकारीहरुलाई सहभागी गराई उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा सहभागी विभिन्न प्रकृतिका सहकारी संस्थाहरुलाई सहकारीको अवधारण, विकास, महत्व, आधारशिला कार्यक्रमको बारेमा जानकारी, सहकारीको मुल्य मान्यता, सञ्चालक तथा कर्मचारीहरुको जिम्मेवारी, सहकारी ऐन नियमको बारेमा जानकारी, सहकारीको दिगोपना तथा कार्यहरु र दोस्रो चरणको आधारशिला कार्यक्रम अन्तर्गत समिक्षा गरीएको थियो । उक्त कार्यक्रममा हरिवन नगरपालिकाका सहकारी शाखा प्रमुख दिपेन्द्र उप्रेतीले सहभागी संस्थाहरुलाई कोपोमिस सम्बन्धि जानकारी समेत गराउनुभएको थियो ।

हरिवन नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष को आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा नगरपालिका, सहकारी सञ्जाल, जिल्ला बचत तथा ऋण सहकारी संघ लगायत अन्य संस्था गरी ४० जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण नेफ्स्कून अनुगमन अधिकृत श्याम राजा तिमल्सिनाले गर्नुभएको थियो भने व्यवस्थापन नेफ्स्कून हरिवन फिल्ड कार्यालयले गरेको थियो । कार्यक्रममा सहभागीहरुले यस आधारशिला कार्यक्रमले निस्कृय तथा अन्य सहकारीलाई समेत नीति, नियम अनुसार अगाडि बड्नको लागि झस्काएकाले आगामी दिनमा यस कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र