शुक्रबार, जेठ ४
०२:०४

जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौं दोस्रो समुहको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

सोमबार, असार १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) काठमाडौं दोस्रो समुहको १८ औैं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आदर्श भृकुटी महिला साकोसको आयोजनामा शनिबार सम्पन्न भएको छ ।

आयोजक साकोसकी अध्यक्ष मिना गुरुङको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा कार्यक्रमको शुभारम्भ भएको थियो । 

प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आवद्ध साकोसहरुले जोखिम न्यूनीकरणका लागि प्रतिबद्ध भएर काम गरेकोप्रति खुसी व्यक्त गर्नुभएको थियो । उहाँले वित्तीय कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन जिटलाइजेसनमा जानुको विकल्प नरहेको बताउँदै नेफ्स्कूनले निर्माण गरेको एकीकृत प्रविधिमा सम्पूर्ण साकोसहरु सहभागी हुन अनुरोध गर्नुभएको थियो ।

कर्ब्स काठमाडौं दोस्रो समुह अन्तर्गत चिनारी साकोस, आदर्श भृकुटी महिला साकोस , तरकारी फलफूल साकोस, बालकुमारी साकोस, जयन्ती साकोस, रीजु साकोस, शारदा माइ साकोस, कम्पास साकोस, हाम्रो दहचोक साकोस र जोरपाटी साकोस  रहेका छन् । 

समापन सत्रमा नेफ्स्कूनका सञ्चालक सदस्य न्हुच्छे नारायण श्रेष्ठको उपस्थिति रहेको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र