बिहीबार, जेठ ३
१२:३०

काठमाडौंका दुई साकोस कर्ब्स कार्यक्रममा आबद्ध 

सोमबार, असार १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

माता बालकुमारी साकोस 

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–१२ कपन, फैकास्थित माता बाल कुमारी बचत तथा ऋण सहकारी संस्था लि. कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं जिल्ला बचत संघ (कास्कून) र नेफ्स्कूनको संयुक्त कार्यक्रम मार्फत माता बालकुमारी साकोस आइतबार कर्ब्समा आबद्ध भएको हो । 

साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसका उपाध्यक्ष शम्भुप्रसाद अधिकारी, नेफ्स्कून कार्यक्रम अधिकृत सोबिता मैनाली तथा फिल्ड इन्चार्ज राधा कुमारी पोखरेल र कास्कुन कार्यक्रम अधिकृत नबराज सुवेदीको सहभागितामा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

अबल साकोस

काठमाडौंको टोखा नगरपालिका–८ स्थित अबल बचत तथा ऋण सहकारी संस्था पनि कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । साकोसको कार्यालयमा आइतबार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच अबल साकोसका अध्यक्ष श्रीराम के. सी. कोषाध्यक्ष शोभिता श्रेष्ठ , नेफ्स्कून कार्यक्रम अधिकृत सोबिता मैनाली तथा गोंगबु फिल्ड कार्यालयका वरिष्ठ सहायक पुरुषोत्तम धिताल र कास्कून कार्यक्रम अधिकृत नबराज सुवेदीको सहभागितामा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । 

सम्झौता पछि संस्थाको जोखिम पहिचानका लागि स्थलगत तथा गैर स्थलगत सुपरिवेक्षण गरि दुवै संस्था स्तरीकरणका कार्यहरुको कार्यान्वयनमा नियमित लाग्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र