शुक्रबार, जेठ ४
०९:५९

आगलागीका कारण क्षतिग्रस्त साकोसलाई नेफ्स्कूनद्वारा कम्प्यूटर सहयोग 

शुक्रबार, असार १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रुपन्देही । देवदह नगरपालिकामा अवस्थित गुधोली बचत तथा ऋण सहकारी संस्था लि. लाई नेफ्स्कूनले एक थान कम्प्यूटर सहयोग गरेको छ । उक्त साकोसमा केही समय अघि विजुली सट हुँदा कार्यालयका सम्पूर्ण खाता र उपकरण पूर्ण रुपमा नष्ट भएको थियो । हाल संस्थाले अस्थायी कार्यालय स्थापना गरि सदस्यलाई सेवा प्रवाह गरिरहेको छ । 

सहयोग हस्तान्तरण कार्यक्रममा संघका सञ्चालक सन्दीप सापकोटा, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपाल, रुपन्देही जिल्ला बचत संघका अध्यक्ष प्रकाश भटराई, फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य महेश्वर श्रेष्ठ, नेफ्स्कून फिल्ड कार्यालय इन्चार्ज छत्र धमला लगायत व्यस्थापन टिम, साकोसका अध्यक्ष रमेश चन्द्र गैरे, व्यवस्थापक केशव अधिकारी लगायतको ससहभागिता रहेको थियो । रुपन्देहीमा सञ्चालित सदस्य सम्बन्ध व्यवस्थापन तालिमको समापन समारोहका अवसरमा संस्थाका अध्यक्षलाई संघका सञ्चालक सापकोटाले सो सहयोग उपलब्ध गराउनुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र