मंगलबार, वैशाख २५
०४:०२

बसेनी साकोस कर्ब्स कार्यक्रममा आबद्ध

मंगलबार, असार ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन । भरतपुर महानगरपालिका–११, बसेनीस्थित बसेनी बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत चितवन जिल्ला बचत संघ (चिस्कून) र नेफ्स्कूनको संयुक्त कार्यक्रम मार्फत बसेनी साकोस आज कर्ब्समा आबद्ध भएको हो । 

साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच चितवन जिल्ला बचत संघका अध्यक्ष हरिश्चन्द्र सुवेदी, नेफ्स्कूनको तर्फबाट नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइराला र साकोसको तर्फबाट बसेनी साकोसका अध्यक्ष हरिबहादुर रानाभाटले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

कार्यक्रममा साकोसका उपाध्यक्ष लिला बहादुर त्रिपाठी, सञ्चालक गणेश देवकोटा, जिल्ला संघका कार्यक्रम अधिकृत पुरुषोत्तम ढकाल, साकोसका व्यवस्थापक शम्भुलाल श्रेष्ठ, कर्मचारीहरु विवेक रानाभाट र दिपा मल्ल उपस्थित हुनुहुन्थ्यो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र