मंगलबार, वैशाख २५
११:५७

‘सहकारीले न्यून आय भएका सदस्यहरुलाई हेर्नुपर्छ’

मंगलबार, असार ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. दोलखाले साकोसको कार्य क्षेत्र भित्रका नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई बधाई एवम् शुभकामना प्रदान गरेको  छ ।

संस्थाको बधाई तथा शुभकामना ग्रहण गर्दै भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरले सहकारी संस्थाले न्यून आय भएका तथा दीनदुःखीको जीवनस्तर परिवर्तन हुने कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नुभयो । पोशाक खर्च, अवलोकन भ्रमण, विभिन्न भत्ता लगायतको रकम कटौती गरी सामाजिक क्षेत्रमा खर्च गर्ने वातावरण बनाउन र सहकारी मार्फत सदस्यहरुको जीवन उकास्ने खालका काम गर्न अनुरोध गर्नुभयो । त्यसैगरी भीमेश्वर नगरपालिकाले आगामी दिनमा कृषि तथा पशुपालन, पर्यटन, साना उद्योग जस्ता क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्ने भएको हुँदा सहकारीसँग पनि साझेदारी गर्न सकिने बताउनुभयो । 

साकोसका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको बधाई तथा शुभकामना कार्यक्रममा भीमेश्वर नगरपालिकाको नगर उप प्रमुख कमला बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, ३ को वडा अध्यक्ष हरिशरण शिवाकोटी, ५ को वडा अध्यक्ष बासु श्रेष्ठ, वडा नम्बर ६ को वडा अध्यक्ष नविन कुमार लामा, वडा नम्बर ८ को वडा अध्यक्ष काजी बुढाथोकी उपस्थित हुनुहुन्थ्यो । जनप्रतिनिधिहरुमा प्राय साकोसका सेयर सदस्यहरु नै हुनुहुन्छ ।

त्यसैगरी शेयर सदस्य एवम् मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्यलाई पनि बधाई तथा शुभकामना प्रदान गरिएको छ । संस्थाको सातौ सञ्चालक समितिको बैठकको अवसरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सञ्चालक, शेयर सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र