बुधबार, वैशाख २६
१२:१२

काभ्रेमा सञ्चालित सहकारीका व्यवस्थापन प्रमुखहरुको गोष्ठी सम्पन्न 

मंगलबार, असार ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको आयोजना र काभ्रे म्यानेजर्स क्लबको व्यवस्थापन सहयोगमा काभ्रे जिल्लामा सञ्चालित सहकारीका व्यवस्थापन प्रमुखहरुको दुई दिवसीय गोष्ठी सोमबार सम्पन्न भएको छ । धुलिखेलमा सञ्चालित जिल्ला स्तरीय गोष्ठीको उद्घाटन पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गर्नुभएको थियो । 

सहकारी संस्थाहरुको विकास र प्रवर्धनका लागि व्यवस्थापन प्रमुखहरुलाई दक्ष बनाउने उद्देश्यसहित जिल्ला संघ स्तरबाट काभ्रे जिल्ला संघले पहिलो जिल्लास्तरीय गोष्ठीको आयोजना गरेको हो । 

गोष्ठीको पहिलो दिनमा प्रभावकारी वित्तीय संरचनाको विषयमा विषय विज्ञ कुवेर निरौला, राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका विषयमा डा. देवराज रोका, प्रभावकारी ऋण असुली विषयमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र सहकारीमा प्रविधिको विकास विषयमा एम बैंकका व्यापार प्रमुख सन्जय महासेठद्वारा कार्यपत्र प्रस्तुतीकरण भएका थिए । काभ्रेको सहकारी अभियान र गोष्ठीले बोकेको थिमका विषयमा जिल्ला संघका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र दाहालले प्रस्तुतीकरण गर्नुभएको थिए ।

त्यसैगरी दोश्रो दिन नेफ्स्कूनका निवर्तमान प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले इन्नोभेसन एण्ड एचआर म्यानेजमेन्ट इन कोप, एससीटि नेटवर्कका सीइओ सुबोध गौतमले डिजिटाइजेसन इन कोप्स र वल्र्ड डिष्ट्रिब्युसन नेपालका सिनियर म्यानेजर अशोक लामिछानेले एटिए इन कोअपरेटिभ्सको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी गोष्ठीमा नवराज फुयाँलले तनाव व्यवस्थापनका विषयमा आफ्नो प्रस्तुती राख्नुभएको थियो । 

कार्यक्रममा सहकारी संस्थामा सफल भएका सिइओहरुको अनुभव समेत आदानप्रदान गरिएको थियो । विकु साकोसका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेल, पोखरा रोयल साकोसका प्रमुख मिलन ढकाल र कोन सामुदायिक साकोसका सीइओ अपिल कोइरालाले सहकारीमा मानव संशाधन व्यवस्थापन, बचत तथा ऋण परिचालन र सदस्यसँग गरिने व्यवहारका विषयमा आआफ्ना अनुभव साट्नुभएको थियो । सञ्चालक समितिले बनाएका कार्ययोजना कर्मचारीको टिमवर्कले मात्रै सफल हुने हुँदा कर्मचारीहरुलाई समयसुहाँउदो सेवासुविधा र उत्प्रेरणा दिन सके संस्थाले लिएको लक्ष्य प्राप्त गर्न सकिनेतर्फ उहाँहरुले आफ्ना संस्थागत अनुभवहरु सुनाउनुभएको थियो । 

सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरुको व्यवस्थापकीय क्षमतामा विकास गर्ने, सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरुको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरुको पहिचान गरी न्युनिकरणका उपायहरु अबलम्वन गर्ने उद्देश्य गोष्ठीको रहेको थियो । ‘चुनौतिपछि नयाँ सामान्य अवस्था अँगाल्दै सहकारी’ भन्ने नाराका साथ गोष्ठी गरिएको हो ।

कार्यक्रममा विभिन्न सहकारी संस्थाका १३० जनाको सहभागिता रहेको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र