मंगलबार, वैशाख १८
१२:५८

सदस्यसँग नेफ्स्कून अन्तरक्रिया

सोमबार, असार ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) गोंगवु फिल्ड कार्यालयको आयोजनामा गोंगबु क्षेत्रका साकोस प्रतिनिधिबीच नेफ्स्कून अन्तरक्रिया हिजो सम्पन्न भएको छ ।

गोंगबु फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक न्हुच्छे नारायण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, लेखा सुपरिवेक्षण समिति सदस्य सुशिल बस्न्यात लगायत विभिन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् व्यवस्थापकहरु सहित २५ जनाको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रका समसामयिक विषयहरु साथै नेफ्स्कूनले सञ्चालनमा ल्याएका स्तरीकरण कार्यक्रम, स्थिरीकरण कोष कार्यान्वयका विषयमा संघका बरिष्ठ उपाध्यक्ष र महासचिव अधिकारीले प्रकाश पार्नुभएको थियो । नेफ्स्कूनको अन्तरलगानी सेवाको विषयमा संघका कोषाध्यक्ष पनेरुले प्रष्ट पार्नु भएको थियो । कार्यक्रम सहजीकरण गोंगबु फिल्ड कार्यालयका इन्चार्ज प्रकाश अधिकारीले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र