सोमबार, वैशाख १७
११:२९

बागमती प्रदेश बचत संघको सेवा अब काठमाडौंबाट पनि

सोमबार, असार ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) ले सदस्य संघसंस्थाहरुलाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो कर्पोरेट कार्यालयको औपचारिक शुभारम्भ गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३१ स्थित नयाँबानेश्वर प्रयाग मार्गमा आइतबार एक कार्यक्रम बीच नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले कार्यालयको औपचारिक शुभारम्भ गर्नु भएको थियो ।

 कार्यक्रममा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, सहकारी बैंकका सञ्चालक रामहरी बजगाँई लगायत बागमती प्रोस्कूनका सञ्चालक समितिका पदाधिकारी एवम् सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु, काठमाडौ, ललितपुर र भक्तपुर जिल्लाका सहकारी संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु, साकोसका प्रमुख कार्यकारी अधिकृत एवम् व्यवस्थापकहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष पौड्यालले सबै सहकारी संघहरुले अभियानको बचत अभियान भित्र नै परिचालन गर्नु पर्नेमा जोड दिनुभयो । एउटा सहकारीमा समस्या आउँदा अभियानलाई नै दुख्छ र अभियानले नै सकारात्मक रुपमा व्यवस्थापन गर्न पहल गर्दछ भन्ने कुरामा उहाँले विशेष जोड दिनु भएको थियो । 

बनेपा–७, काभ्रेमा केन्द्रीय कार्यालय रहेको बागमती प्रोस्कून बागमती प्रदेश भरका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सदस्य सहकारी संस्थालाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न काठमाडौंमा कार्यालय स्थापना गरिएको संघका अध्यक्ष उद्धव सापकोटाले जानकारी गराउनुभयो ।

कार्यक्रम संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता र महासचिव जिवसराज खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र