आईतबार, वैशाख ३०
०४:४३

सिवाईसी साकोसको कर्मचारी क्षमता विकास तथा सिकाई व्यवस्थापन तालिम 

सोमबार, असोज ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj


बागलुङ । जिल्लास्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २ दिने “कर्मचारीको क्षमता विकास तालिम” सम्पन्न भएको छ । संस्थाका विभागीय प्रमुख, सेवा केन्द्र प्रमुख तथा अन्य कर्मचारीहरुका लागी क्षमता विकास तथा सिकाई व्यवस्थापन (Capacity Building and Learning Management Training) तालिम आयोजना गरिएको हो । संस्थाको केन्द्रीय कार्यालय बागलुङ बजारमा सम्पन्न तालिममा सहभागी कर्मचारीहरुलाई ऋण व्यवस्थापन, नेतृत्व विकास, पत्रकारिता तथा प्रतिवेदन लेखन, सकरात्मक सोच, संस्थाका विभिन्न नीति, नियामवाली तथा निर्देशिका, संस्थाले हाल प्रयोगमा ल्याएका प्रविधिहरुको प्रयोग र प्रवर्द्धन आदि विषयमा जानकारी गराईएको थियो ।

तालिममा संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेल, सहसचिव सुवास आचार्य, प्रमुख कार्यकारी अधिकृत कवि न्यौपाने र सुचना प्रविधि अधिकृत राजेश आचार्यले सहजिकरण गर्नुभएको थियो । तालिमको समापन समारोहमा बेल्दै संस्थाका सल्लाहकार सिता शर्माले तालिमले संस्थाको वृद्धि, विकास गर्न र योजना अनुरुप कार्य गर्नको लागी मद्दत पुग्ने बताउनुभयो । सहभागीको तर्फवाट दगा सदस्य सेवा केन्द्र प्रमुख विष्णुहरी आचार्य र नव मालिका सेवाकेन्द्र प्रमुख हेलिना रोका मगरले समग्र तालिमबाट सिकेका कुराहरु बारे जानकारी गराउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारी बिभागले असोज मसान्तसम्म एक व्यक्ति एक सहकारीको अवधारणा सहितको निर्देशन जारी गरेकोले सदस्यहरुको चाहना र सदस्यहरु सन्तुष्टिको लागी कर्मचारी तथा संचालकहरुले कार्य गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष पौडेलले संस्थाले यही असोज मसान्तसम्म १४०० सदस्य वृद्धिको लक्ष्य लिएकोले सवै कार्यालयले सोही लक्ष्य अनुसार काम गर्न आग्रह गर्नुभयो । सो अवसरमा संस्थाको भाद्र महिनाको लक्ष्य र प्रगति समिक्षा गरी आगामी महिना सबैले लक्ष्यअनुसार प्रगति गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तालिममा सिवाईसी साकोस केन्द्रिय कार्यालयका विभागीय प्रमुख, १० वटा सेवा केन्द्रका प्रमुख र कर्मचारी गरी २५ जना सहभागी थिए । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।