आईतबार, वैशाख ३०
०५:५२

महासंघ अध्यक्ष कडेल, महाप्रबन्धक थामसुहाङ्ग सहित सहकारी क्षेत्रका ४ जनालाई जनसेवा पदक 

शनिबार, असोज ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । पाचौं संविधान दिवसको अवसरमा सरकारले यस वर्ष सहकारी क्षेत्रसम्बद्ध ४ जनालाई जनसेवा पदकबाट विभुषित गर्ने भएको छ । सहकारी क्षेत्रबाट १ जना प्रबल जनसेवा श्री (तृतीय), २ जना प्रबल जनसेवा श्री (चौथो) र १ जनालाई जनसेवा श्री (पञ्चम) बाट  विभूषित गर्ने निर्णय सरकारले गरेको हो । 

सुप्रबल जनसेवा श्री (तृतीय) बाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबारका सहसचिव जनकराज जोशी विभुषित हुनुहुने भएको छ भने नेफ्स्कूनका पूर्व अध्यक्ष, (वर्तमान सल्लाहकार) एवम् राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल र राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग प्रबल जनसेवा श्री (चतुर्थ) बाट विभुषित हुनुहुने भएको छ । त्यसैगरी, जनसेवा श्री (पञ्चम) बाट झापाको बिर्तामोडस्थित नेफ्स्कून सदस्य एवम् नेपालको सबैभन्दा बढी सदस्य र पूँजी परिचालन गरिरहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.का सचिव एवम् राष्ट्रिय सहकारी बैंकका सञ्चालक महेन्द्र गिरी सम्मानित हुनुहुने भएको छ । कडेल र थाम्सुहाङ्गलाई सहकारीविज्ञका रुपमा, जोशीलाई सहसचिवका रुपमा र गिरीलाई समाजसेवीका रुपमा सम्मानित गर्ने निर्णय भएको छ । विभूषित घोषणा गरिएका ४ जनालाई नेफ्स्कून एवम् साकोस आवाजका तर्फबाट हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछौं ।

सरकारले यसवर्ष मानपद्वी, अलंकार र पदकबाट जम्म ५ सय ९४ जनालाई सम्मानित गर्ने निर्णय गरेको हो । आज सार्वजनिक सूची अनुसार ४ सय ५३ जनालाई मानपद्वी, १ सय १४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिनेछ । ती सबै सम्मान आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण गरिने कार्यक्रम छ । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमान राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मानित गर्दै आएको छ । सबैभन्दा माथिल्लो नेपाल रत्न यसपटक कसैलाई प्रदान गर्ने निर्णय गरिएको छैन भने सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथमबाट बरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र