आईतबार, वैशाख ३०
०५:५९

नेफ्स्कूनसँग सद्भावपूर्ण रणनीतिक सहकार्यका विषयमा ४ ठूला निकायसँग भौतिक छलफल शुरु

बिहीबार, असोज १
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, १ असोज । सहकारीमार्फत रोजगारी सृजना, गरिबी निवारण, सामाजिक रुपान्तरण र आर्थिक समृद्धिका लागि सद्भावपूर्ण सहकार्यका विषयमा सरोकारवाला ५ ठूला निकायबीच छलफलको शुरुवात भएको छ । केही दिन अघि राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा सहभागी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, लि.का अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय युवा परिषद्क कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, सीटीइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी,गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराई र युवा स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोकाले एउटै भर्चुअल मञ्चमा  रणनीतिक सहकार्यका सम्भावनाहरु खोज्न सकिने बताए लगत्तै आज भौतिक छलफल अघि बढेको हो ।


नेफ्स्कूनको यो वर्षको नारा “सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्य” ले भनेझै कोभिड १९ को विषम् परिस्थितिले उब्जाएका आर्थिक समस्याहरुको सामना शाक्ति विकासका लागि ५ ठूला निकायहरुबीच रणनीतिक साझेदारीको मार्गचित्र कोर्ने विषयमा प्रारम्भिक बसाइ भएको हो । बैठक अत्यन्त सकारात्मक भएको नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याले बताउनुभएको छ । उहाँले यसलाई प्रारम्भिक छलफल भएपनि सही दिशातर्फ अघि बढिरहेको दाबी गर्नुभयो । “सहकार्यका सम्भावनाहरु प्रशस्त रहेकोमा ४ वटै पक्ष सहमत छौं । त्यसका थप प्रारुपका बारेमा आगामी दिनमा छलफल सघन ढंगबाट अघि बढछ,” अध्यक्ष पौडेलले भन्नुभयो, “यो सहकार्यले मूर्त रुप लिदाँ उद्यमशिलता विकाससँगै प्रशस्तै रोजगारीका सम्भावनाहरु मुलुकभित्रै विकास गर्न सकिन्छ ।” सहकारीमार्फत वित्तीय सारक्षरता, उद्यमशीलता, युवा स्वरोजगारी सृजना गर्ने दिशामा केन्द्रित ५ वटा सरोकारवाला निकायबीचको यो प्रारम्भिक छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

केही दिनअघि राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा सहकारी मार्फत गरिबी निवारणका क्षेत्रमा युवा लक्षित स्वरोजगारका कार्यक्रमहरु सञ्चालनका लागि ४ वटै निकायले एकीकृत अवधारणा सहित अघि बढ्ने ऐक्यबद्धता व्यक्त गर्नुभएको थियो । सोही भर्चुअल छलफललाई पछ्याउँदै आज भौतिक भेटवार्ता भएको नेफ्स्कूनका अध्यक्ष पौड्यालले जानकारी गराउनुभयो ।  गरिबी निवारणका क्षेत्रमा काम गर्ने सरकारी निकायहरुले समुदायस्तरमा भिजेको सहकारीलाई माध्यम बनाउदा अपेक्षाकृत लाभ हासिल गर्न सकिने ठम्याइसहित साझा रणनीतिक अवधारणाको खाँचो ४ वटै निकायका अधिकारसम्पन्न व्यक्तिहरुले औंल्याउनुभएको थियो । 

स्मरणीय छ सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा युवा स्वरोजगारको कार्यक्रमको माध्यमबाट थप १२ हजार गरिबका लागि लघु उद्यम लगायतका क्षेत्रबाट १ लाख २७ हजार रोजगारी सृजना गरिने उल्लेख गरेको छ । त्यसैगरी, गरिबी निवारण कोषद्धारा प्रवाहित ६४ जिल्लाका ३२ हजार भन्दा बढी सामुदायिक संस्थाले परिचालन गरेको १९ अर्बको घुम्ती कोषलाई बीउ पुँजीका रुपमा प्रयोग गरी स्थानीय स्तरमा आर्थिक गतिविधि सञ्चालन गर्न ती संस्थालाई सहकारी प्रणालीमा रुपान्तरण गरिने बजेटमा उल्लेख गरिएको छ । यसबाट कृषि, लघु तथा साना उद्योगका क्षेत्रमा थप १ लाख ५० हजार रोजगारी सृजना गरिने बजेटेले बोलेको छ ।

राष्ट्रिय युवा परिषद्ले लक्षित युवाहरुको पहिचान गर्ने,  उनीहरुलाई आवश्यक सीप विकासका लागि सीटीइभीटीले तालिम तथा व्यावसायिक शिक्षा प्रदान गर्ने र सहकारीले सहुलियत कर्जा मार्फत उद्यमशीलता सृजना गर्ने सम्भावनाका बीच सकारात्मक छलफल शुरुवात भएको हो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र