शनिबार, वैशाख २९
०१:०१

नेफ्स्कून सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमितिको बैठक सम्पन्न

बिहीबार, असोज १
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको सर्लाहीस्थित फिल्ड कार्यालय व्यवस्थापन उपसमितिको बैठकमा गत आर्थिक वर्षको फिल्डको लक्ष्य र प्रगतिको समीक्षाका साथै चालु आर्थिक वर्षको निर्धारित लक्ष्य हासिल गर्ने विषयमा छलफल भएको छ । उपसमितिको आज बसेको बैठकमा कोभिड–१९ को प्रभाव विश्लेषण गर्दै उपसमितिमार्फत कसरी कामकारवाही अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो । विभिन्न किसिमका प्रतिबन्धात्मक अवस्था र तिनले पारेको प्रभावका बारेमा विश्लेषण गर्दै आगामी दिनमा के कस्ता कार्यक्रमहरु कसरी अघि बढाउने भन्ने सम्बन्धमा छलफल भएको छ । नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी संयोजक रहनुभएको सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमितिको सदस्यहरुमा बाबुराम घिमिरे, बिभू कुमार पोखरेल, जवाहरलाल कुशवाह, बेनी बहादुर कार्की, निर्मलादेवी कार्की र भुपेन्द्र कुमार महतो सदस्य हुनुहन्छ ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।