सोमबार, वैशाख ३१
०१:१७

सिवाईसी नेपाल लघुवित्तका निवर्तमान सीइओ अधिकारीको बिदाइ 

बिहीबार, असोज १
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बागलुङ । जिल्लास्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङका निवर्तमान प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीको एक कार्यक्रममा बीच सम्मान सहित बिदाइ गरिएको छ । 
आफनो ३ वर्षे कार्यकालमा अधिकारीले लघुवित्त वित्तीय संस्था र चारतारे युवा क्लबको विकासमा पुर्याएको योगदानको लागि ती संस्थाहरुले हिजो एक कार्यक्रम गरी अधिकारीको बिदाइ गरेका हुन् । निवर्तमान प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई सिवाईसी नेपाल लघु वित्त वित्तीय संस्था लि. का सञ्चालक समितिका अध्यक्ष पद्मनाथ शर्मा र चारतारे युवा क्लब सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले छुट्टाछुट्टै सम्मान पत्र र सम्झनाको चिनो सहित बिदाइ गर्नुभएको थियो ।

कार्यक्रमम सिवाईसी नेपाल लघु वित्त वित्तीय संस्था लि. का अध्यक्ष शर्माले अधिकारीको कार्यकालमा संस्थाले हासिल गरेको उपलब्धि र सफलताको प्रशंसा गर्नुभएको थियो । त्यस्तै चारतारे युवा क्लब सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले क्लवद्धारा सञ्चालित लघु वित्त कार्यक्रमलाई राष्ट्रिय स्तरको “घ” वर्गको वित्तीय संस्थामा रुपान्तरण गर्न तथा संस्थालाई सवल र गतिशील बनाउन अधिकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । पौडेलले भविष्यमा पनि अधिकारीसँग पारस्परिक सहयोग र समन्वय जारी रहने बताउनुभयो । 
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।