मंगलबार, जेठ १
०१:२३

४७ साकोसका लागि बीसीपी तालिम सम्पन्न

मंगलबार, भदौ ३०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौ, भदौ ३० । नेफ्स्कूनले कास्की, रुपन्देही, पाल्पा, म्याग्दी, तनहँु, कपिलबस्तु, नवलपरासी र लमजुङ क्षेत्रका ग्ुणस्तर सुनिश्चितता (प्रोवेशन र कर्बस्) कार्यक्रममा आबद्ध साकोसहरुका लागि व्यवसाय निरन्तरता योजना कार्यशाला गोष्ठी–२०७७ भर्चुअल विधिबाट  सम्पन्न गरेको छ । भदौ २८ देखि ३० गतेसम्म संचालित ३ दिने कार्याशालामा ४७ साकोसबाट ७० जनाको उपस्थिति थियो । कोभिड–१९ ले सदस्य, कर्मचारी र संस्थामा पारेको असर विश्लेषण, आउन सक्ने जाखिम, जोखिमको स्तर निर्धारण र न्यनीकरणका उपाय माथि छलफल भएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृतद्घय रामकृष्ण भट्टराई र मनोज खड्काले सहजीकरण गर्नु भएको कार्यशालमा साकोसको सदस्यहरुलाई सेवा निरन्तरताको विकल्प सहितका रणनीतिहरुको विकास, सदस्यसँगको दिगो सम्बन्धका रणनीतिहरु, सदस्यले ऋण तिर्न सक्ने क्षमता मापन र विश्लेषण, सदस्यमा प्रभाव अध्ययनका लागि सर्वेक्षण विधिहरु, वास्तविक सम्पत्ति गणना अभ्यास, तरलताको पूर्वानुमान, मनोसामाजिक परामर्श, आकस्मिक कोष बचत, स्वास्थ्य सुरक्षा मापदण्ड पालना, कर्मचारी कार्यढाँचा, सुशासन र कानूनी परीपालनाको कार्यान्वयन एवम् फरक परिस्थितिमा अपनाउनु पर्ने नीतिगत एवम् कार्यगत लचकता र सावधानिका विषय समेटिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै नेफ्स्कून वरिष्ट अधिकृत भरत न्यौपानेले नेफ्स्कूनले असहज परिस्थितिमा समेत विभिन्न तालिम तथा कार्यक्रम मार्फत अभियानलाई जाडिरहेको बताउनु भयो । नेफ्स्कूनमा आबद्ध सम्पूर्ण साकोसहरुले सदस्य र कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखि सुरक्षाका सम्पूर्ण उपायहरु अवलम्वन गरी सेवा र साकोसको नियमित गतिविधिहरुलाई निरन्तर फरक तरीका अपनाएर संचालन गर्नु पर्ने आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले समय सान्दर्भिक व्यवसाय निरन्तरता योजनाले फरक अवस्थामा सदस्य, कर्मचारी र संस्थामा आउन सक्ने जोखिम विश्लेषण गर्दै व्यवसायिक रणनीतिक योजना र वार्षिक योजनाका उद्देश्य प्राप्तिमा सघाउ पु¥याउने बताउनु भएको थियो ।  

कार्यशालाको समापनमा नेफ्स्कून कायम मुकाय प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले विषम परिस्थितिमा समेत साकोसहरुले व्यवसाय निरन्तरता योजना बनाई सुरक्षाको सम्पूर्ण उपायहरु अपनाउदै नियमित कामलाई निरन्तरता दिन अनुरोध गर्नु भयो । उहाँले साकोसको सम्पूर्ण सदस्य बलियो भएमा साकोस बलियो हुने, साकोस बलियो र दिगो भएमा संघहरु बलियो र दिगो हुने भएकोले सबैमा सद्भावपूर्ण सहकार्यको आवश्यकता भएको बताउनु भयो । उहाँले योजनामा समोवश लक्ष्य प्राप्तिको विकल्प नभएकोले फरक परिस्थितिमा फरक रणनीतिका साथ काम गर्न यो कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो । सो अवसरमा प्रविधि विनाको सेवा अधुरो हुने भएकोले नेफ्स्कूनले यस विषयमा अध्यायन गरी सकेकोले छिटै नीतिगत निर्णय गरी कार्यान्वयनमा जाने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो ।

सहभागिहरुले आगामी  १० गते भित्र आ–आफ्नो संस्थाको व्यवसाय निरन्तरता योजना पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । संघले आगामी असोज १४ गते ग्रयाजुएसन कार्यक्रम आयोजना गरी सहभागिहरुलाई प्रमाण पत्र प्रदान गर्ने जानकारी समेत गराइएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।