शुक्रबार, जेठ ४
०३:४१

पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम अन्तर्गत असल सिकाई कार्यशाला सम्पन्न

शनिबार, चैत्र १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नवसृजनशिल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा प्रोबेसन बागमती पाँचौं क्लष्टरको दोस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 

नवसृजनशिल साकोसका अध्यक्ष विश्वनाथ अर्यालको अध्यक्षतामा हिजो आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडाल, विशेष अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल हुनुहुन्थ्यो । 

प्रमुख अतिथि केशव प्रसाद बडालले सहकारी इतिहासका विगत देखि बर्तमान सम्मका उतार चडाब र अभियानको अवको गन्तव्यका सन्दर्भमा रोचक प्रशंग उल्लेख गर्नुभएको थियो । डिजीटाईजेसन र डिजिटल ट्रान्सफरमेसन को अवधारणामा विश्व बजार सँगै नेपालको सहकारी अभियान पनि अघि बढ्नुपर्नेमा उहाँको जोड रहेको थियो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारीले प्रदान गर्ने सेवालाई परिष्कृत गर्दै प्रविधि मैत्री बनाउनु पर्ने, नगदरहित सेवा प्रवाहका लागि आवश्यक  क्षमता विकास गराउनु पर्ने, बजारको स्वरूप र प्रकृतिमा परिवर्तन देखापर्दै गएकोले सोका लागि सहकारी तयार रहनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सहकारी अभियानमा Mobile Money अवधारणाको विकास गर्नुपर्ने आवश्यकता औल्याउँदै नेफ्स्कूनले सुरुवात गर्न लागिरहेको एकीकृत प्रविधि सेवाले साकोस अभियानलाई मर्यादित र प्रविधिमैत्री बनाउन योगदान पुग्ने विश्वास लिएको बताउनुभयो ।

नवसृजनशिल साकोसका सचिव सालीकराम पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो ।  
कार्यक्रममा नवसृजनशिल साकोस काठमाडौं, बेथानचोक नारी चेतना साकोस काभ्रे, अग्नी साकोस काभ्रे,     राधास्वामी साकोस काठमाडौं, ज्योतीपुञ्ज साकोस काठमाडौ, फोकस साकोस काठमाडौं, उद्देश्य साकोस काठमाडौबाट साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र