शुक्रबार, जेठ ४
०४:४८

‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सुरु

शुक्रबार, चैत्र १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुनसरी । ‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सुनसरीको इटहरीमा आजबाट सुरु भएको छ । बचत तथा ऋण सहकारी संघ लि., सुनसरी को आयोजना, राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सञ्चालित गोष्ठी दुईदिनसम्म चल्नेछ ।  

सुनसरी बचत संघका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा आयोजित गोष्ठीको उद्घाटन प्रदेश नं. १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकास सरावगीले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी सञ्चालक अमृता सुब्बा, महासंघका लेखा समिति सदस्य सोमबहादुर श्रेष्ठ, नेफ्स्कूनकी सञ्चालक सदस्य गोमा नेपालको विशिष्ट आतिथ्यता साथै स्थानीय सहकारी सघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । 

आज र भोलि दुइदिन सञ्चालन हुने गोष्ठिमा नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव पोख्रेल, महासंघका सञ्चार अधिकृत राम सुदन तिमिल्सिना, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख गोविन्दराज आचार्यले कार्यपत्र प्रस्तुतीकरण गर्नुुहुने कार्यक्रम रहेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र