शुक्रबार, जेठ ४
०१:२१

साकोसमा तरलता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

शुक्रबार, चैत्र १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रुपन्देही । लुम्बिनी प्रदेश बचत संघको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहजीकरणमा साकोसहरुमा तरलता व्यवस्थापन तालिम बुटवलमा हिजो सम्पन्न भएको छ । रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकहरुलाई लक्षित गरि राखिएको तालिममा ३२ जना व्यवस्थापकको सहभागिता रहेको थियो । 

तालिमको उद्घाटन गर्दै नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले कोभिड १९को महामारी पछि साकोसहरुमा पनि आर्थिक समस्या आउन सक्ने भन्दै सदस्यहरुको बचत सुरक्षित गर्न संस्थाले योजना बनाई लागुगर्नुपर्ने र सदस्यहरु सँग नियमित सम्पर्कमा रहि संस्था सञ्चालन गर्नुपर्नेमा जोडदिनुभयो । दीर्घकालिन रुपमा दिगो साकोस सञ्चालन गर्न सहकारी ऐनमा उल्लेख भएको स्थिरीकरण कोषमा रकम जम्मा गर्न उहाँले उपस्थित सम्पूर्णमा आव्हन गर्नुभयो । प्रोस्कूनले दर्ता भएको छोटो अवधिमा संघको रणनीतिक व्यावासायिक योजना निर्माण गरी तरलता व्यवस्थापन तालिम सञ्चालन गरेकोमा धन्यवाद दिनुभयो । 

तालिम समापनका क्रममा लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपालले कोभिड महामारि पछि साकोसहरुमा तरलता संकट पर्न सक्ने अनुमान नेफ्स्कूनले दुई बर्ष अगाडिदेखि सोच राख्दै सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकारीको थिम अगाडि सारेको बताउनुभयो । 

प्रोस्कूनका अध्यक्ष कृष्ण प्रसाद नेपालको अध्यक्षता, नेफ्स्कूनका महासचिव दामोदर अधिकारी प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रोस्कूनका महासचिव ऋषि सापकोटा, सचिव बसन्त ढकाल, कोषाध्यक्ष प्रेम गुरुङ, सञ्चालक भरत भूसाल, निर्मला अधिकारी व्यवस्थापक तारा अर्याल लगायत उपस्थित हुनुहुन्थ्यो । तालिमको सहजीकरण नेफ्स्कूनका प्राचार्य सञ्जयराज तिमिल्सिनाले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र