शुक्रबार, जेठ ४
०३:१२

‘सदस्यका पैसा सहकारीमै आउनुपर्छ’

बिहीबार, चैत्र १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी अभियान बलियो बनाउन सहकारीका सदस्यहरुले सहकारी अभियानभित्रै सम्पूर्ण वित्तीय कारोबार गर्न आग्रह गर्नुभएको छ । सहकारीका सदस्यहरुले नियमित बचत सहकारीमा गर्ने तर ठूलो कारोबारका लागि सहकारी नपुग्ने अवस्था छ, जसले सहकारीलाई कमजोर बनाउँछ उहाँले भन्नुभयो । 

भक्तपुर जिल्ला बचत संघ, वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा हिजो सम्पन्न तरलता व्यवस्थापन तालिमका अवसरमा बोल्दै अध्यक्ष लाखाजुले भक्तपुरमा तरलता अभाव देखिएसँगै सहकारीमा पनि तरलताको अवस्था १५ प्रतिशत भन्दा कमी हुनपुगेको बताउनुभयो । 

भक्तपुरका संस्थाहरुमा तरलता संकट हुनु अगाडि सम्म संस्थाको तरलता २० प्रतिशत भन्दा बढी थियो भने हाल तरलता १५ प्रतिशत भन्दा कम हुनपुगेको छ ।  संघमा आवद्ध संस्थाहरुको ७० प्रतिशत भन्दा बढी तरलता बैंक तथा फाइनान्समा रहेको उहाँले बताउनुभयो । 

उहाँले एक व्यक्ति एक सहकारीको व्यवस्था संशोधन हुनुपर्ने, कानुन विपरीत संचालित बहुउद्देशीय सहकारी संस्था संचालनमा रोक लगाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले बचतमा दिएको व्याजमा लाग्ने १५ प्रतिशत अग्रिम व्याजकर र मालपोत दस्तुर रु.५००।– बाट रु.८,०००।– सम्म बृद्धि गरेकोमा विरोध जनाउँदै सोको संशोधनका लागि बागमती प्रदेश सरकारमा ज्ञापन पत्र बुझाइसकेको जानकारी दिनुभयो । वित्तीय संस्थामा तरलता संकट हुने वित्तिकै सहकारी क्षेत्र पनि त्यस संकटबाट अछुतो रहँदैन । तसर्थ यस्तो अवस्थामा ठुलो ऋण लगानी नगर्न, ठुलो धनराशी खर्च हुने सम्पत्ति खरिद नगर्न आग्रह गर्नुभयो । 

संघका कोषाध्यक्ष एवं वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छाभक्त घजुले तरलता संकटको अवस्थामा समसामयिक विषयमा नै तालिमको आयोजना गरिएको बताउनुभयो । सदय संस्थाहरुले ८० प्रतिशत भन्दा बढी ऋण लगानी गर्नुहुँदैन । यसले संस्थामा झन तरलता संकट उत्पन्न हुने जानकारी गराउनुभयो । उहाँले संस्था र आफ्नो व्यक्तिगत विकासका लागि तालिमबाट सिकेका व्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । 

नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाको सहजिकरणमा सम्पन्न तालिमको समापन समारोहमा संघको वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजकुमार लघुले स्वागत मन्तव्य र सदस्य राजाराम गोसाईले कार्यक्रम संचालन गर्नुभएको थियो । साथै ख्वप साकोसका लक्ष्मीनारायण सुवाल, सिद्धि गणेशका शिला गोसाई, सामूहिक साकोसका विन्द्रा नायभाले पनि बोल्नुभएको थियो । तालिममा सदस्य संस्थामा कार्यरत ३१ जना व्यवस्थापक एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र