शुक्रबार, जेठ ४
०२:४१

साकोसका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम चावहिलमा सम्पन्न 

बिहीबार, चैत्र १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं जिल्ल बचत तथा ऋण सहकारी संघ लि.(कास्कून)को आयोजनामा साकोसका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम हिजो सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको उक्त तालिम चैत्र १५ र १६ दुई दिन सञ्चालन भएको थियो । नेफ्स्कून तालिम केन्द्र, चावहिलमा सञ्चालित तालिममा १६ वटा साकोसका १७ जना बजार व्यवस्थापक र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तालिम समापन समारोह कास्कूनका अध्यक्ष एवं नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षता भएको थियो ।

समारोहका प्रमुख व्यक्ति दिपक पनेरुले बजार प्रतिनिधिहरु संस्थाको ऐना भएको हुँदा संस्थाका सम्पूर्ण विषयवस्तुमा जानकार भई सदस्यहरुलाई संस्थाको प्रवक्ताको रुपमा जानकारी गराउनु पर्ने धारणा राख्नु भएको थियो । पनेरुले सहकारी संस्थाका सेयर सदस्यहरुको प्रत्यक्ष घर तथा ब्यवसायमा नै उपस्थित भई बचत संकलन गरेर कार्यालयमा जम्मा गर्ने, बचत फिर्ता गर्ने तथा आवश्यकता अनुसार ऋणको सांवा तथा ब्याज समेत संकलन गरी कार्यालयमा जम्मा गर्ने गराउने, समयमै सूचना पुराउने लगायतका काम बजार प्रतिनिधिहरुलेनै गर्नुपर्ने बताउनु भएको थियो । 

तालिममा सहभागी हुनु भएकोमा सहभागी र प्रतिनिधी संस्थाहरुलाई हार्दिक धन्यवाद दिदैं आगामी दिनहरुमा सदस्य संस्थाहरुको माग तथा आवश्यकताका आधारमा तालिम कार्यक्रमहरुको विकास गर्ने समेत जानकारी गराउनुभयो ।

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कास्कूनका तालिम अधिकृत लव सिंखडाले गर्नुभएको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र