शुक्रबार, जेठ ४
०४:२१

साकोस ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि कोर्ष (CULCC) चितवनको सौराहामा सुरु

बुधबार, चैत्र १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) फिल्ड कार्यालय चितवनको आयोजनामा साकोसका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम (CULCC) आजबाट सुरु भएको छ ।

नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी प्रमुख व्यक्तित्व रहनुभएको कार्यक्रम नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइरालाको अध्यक्षतामा सुरु भएको थियो भने नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा विषेश अतिथि रहनुभएको थियो । तालिम कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो । 

नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानीको विषयलाई उच्च प्राथमिकतामा राखेर ऋण लगानी पूर्वको ऋण परामर्श गरी पर्याप्त कागजातहरु र साक्षि जमानी सहित लगानी गर्न सचेत हुनु पर्नेमा जोड दिनुभएको थियो । संस्थाबाट ऋण लगानी गर्दा २ प्रकारका मोडलहरु प्रयोगमा रहेको र जसमध्ये 5C Model साकोसको सन्दर्भमा सवै वित्तीय संस्थाले अवलम्बन गर्ने गरेको उहाँले बताउनुभयो । 

तालिमबाट सिकेको ज्ञान सीप साकोस सञ्चालनका क्रममा व्यवहारमा उतार्न र सहकर्मी साथीहरुलाई पनि सिकाउन सभाध्यक्ष कोइरालाले आग्रह गर्नुभएको थियो ।

चैत्र १६ गते देखि १८ गते सम्म सञ्चालन  हुने तीन दिवसीय आवासिय तालिममा २८ जना ऋण अधिकृत तथा उच्च व्यवस्थापनको सहभागिता रहेको छ । तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमन राज घिमिरेले गर्नु भएको छ । CULCC तालिम संघले संञ्चालन गर्ने उच्च स्तरको तालिम हो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र