शुक्रबार, जेठ ४
०१:३७

‘सुरक्षित साकोस विकासमा सक्षम र स्मार्ट व्यवस्थापन आवश्यक’

बुधबार, चैत्र १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रुपन्देही । जनउत्थान साकोस कोटिहवा रुपन्देहीको आयोजनामा आज एक्सेस पाँचौ व्याचको १६औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । नेफ्स्कूनका महासचिव दामोदर अधिकारी प्रमुख व्यक्तित्व रहनुभएको कार्यक्रम आयोजक साकोसका कार्यवाहक अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षतामा भएको थियो भने विशेष अतिथिमा लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण प्रसाद नेपाल र अतिथिमा नेफ्स्कूनका प्राचार्य सञ्जयराज तिमिल्सिना, सदस्य सेवा विभाग प्रमुख गणेश तिमिल्सीना रहनुभएको थियो । कार्यक्रमको उद्घाटन नेफ्स्कूनका महासचिव अधिकारीले गर्नुभएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव अधिकारीले सबल र सुरक्षित साकोस विकासमा सक्षम र स्मार्ट व्यवस्थापनको औचित्यतामाथि प्रकाश पार्नुभएको थियो । उहाँले नेफ्स्कूनले अगाडि सारेको स्तरीकरण र स्थिरीकरण कार्यक्रमको महत्व औल्याउँदै अभियानको सुरक्षा कवचको रुपमा रहेको स्थिरीकरण कोषमा पहिलो चरणमा स्तरीकरण कार्यक्रममा सहभागी सबै साकोसहरुलाई कोषका लागि छुट्याइएको योगदान रकम राख्न विशेष आग्रह गर्नुभएको थियो । एक्सेस कार्यदलको क्षमता अभिबृद्धि गर्न र संस्थागत रुपमा नीति, विधि कार्यान्वयमा जोड दिन पनि उहाँले अनुरोध गर्नुभएको थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सीना र बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन जनउत्थान साकोसकी सचिव सरु रानाले गर्नुभएको थियो । कार्यक्रममा पाँचौ व्याचमा सहभागी साकोस प्रतिनिधिहरु आयोजक साकोेस प्रतिनिधिहरु र अतिथिहरु गरी ५२ जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रममा व्याचमा सहभागी श्रोत परिचालन साकोस धादिङ, सहारा महिला साकोस, धादिङ, मध्ये नेपाल साकोस नवलपुर, ग्रामीण साकोस बर्दघाट नवलपरासी, कोलिया देवदह साकोस रुपन्देही, सिको साकोस बर्दिया,  ग्रामीण साकोस सल्यान र जनउत्थान साकोस रुपन्देहीबाट आआफ्नो संस्थागत प्रस्तुतीकरण राख्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र