शुक्रबार, जेठ ४
०१:५९

सिन्धुलीका साकोसहरुबीच असल सिकाई आदानप्रदान  

बुधबार, चैत्र १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सिन्धुली । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था लि. रामटारको आयोजनामा सिन्धुलीको सुनकोसी गाउँपालिकामा साकोसहरुका लागि कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला हिजो सम्पन्न भएको छ । 

नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत सिन्धुली बचत संघ र नेफ्स्कूनको  प्राविधिक सहजीकरणमा कार्यशाला सञ्चालन भएको हो । साकोसहरुबीचको असल सिकाई आदानप्रदान गर्ने तथा सहकारीकर्मीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यशालामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) सुनकोसी क्लष्टरका ७ बचत तथा ऋण सहकारी संस्थाबाट ३० जनाको उपस्थिति रहेको थियो ।  

सृष्टि महिला साकोसकी उपाध्यक्ष गोमा प्याकुरेलको अध्यक्षता र  सुनकोसी गाउँपालिकी अध्यक्ष दीपा बोहरा दाहालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यशालाको सञ्चालन साकोसका सचिव सपना बस्नेत र स्वागत सहसचिव उमा कोइरालाले गर्नुभएको थियो ।

प्रमुख अतिथि दीपा बोहरा दाहालले सहकारी संस्था आफ्ना सदस्यहरुको आर्थिक सशक्तिकरण र जीवनस्तर सुधारको तहमा निरन्तर क्रियाशिल हुनुपर्नेमा जोड दिनुभएको थियो । सहकारी क्षेत्रको विकासका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा सिन्धुली बचत संघका कोषाध्यक्ष कृष्ण हरि कोइराला, संघका शिक्षा उपसमिति सदस्य तथा जनकल्याण साकोसका अध्यक्ष चक्रबहादुर श्रेष्ठ,  सुनकोसी गाउँपालिकाका सामाजिक शखा प्रमुख कपिल अधिकारी, महिला तथा बालबालिका शाखा प्रमुख गायित्री दाहाल, सिन्धुली बचत संघका कार्यक्रम अधिकृत शारदा पहाडी लगायतको उपस्थिति रहेको थियो ।

सहभागी साकोस प्रतिनिधिहरुले आ आफ्नो संस्थागत प्रगति र सफल अभ्यासहरु प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यशाला सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत श्यामाराजा तिमल्सिनाले गर्नुभएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र