शुक्रबार, जेठ ४
०१:२१

लुम्बिनी प्रदेश बचत संघको रणनीतिक योजना निर्माण कार्य सुरु 

मंगलबार, चैत्र १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रुपन्देही । लुम्बिनी प्रदेश बचत संघको व्यावसायिक रणनीतिक योजना निर्माण कार्य बुटवलमा आजबाट सुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहजीकरणमा चैत्र १५ र १६ गते रणनीतिक योजना निर्माण सम्पन्न हुँदैछ । स्थापनाको दुई बर्षमा संघले पहिलोपटक ४ बर्षे व्यावसायिक रणनीतिक योजना निर्माण गर्न लागेको हो ।

प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा आयोजित कार्यशालाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचनले गर्नुभएको थियो । 

प्रमुख अतिथि तुलाचनले अभियानमा प्रदेश, जिल्ला र केन्द्रीय संघहरु एक अर्काका प्रतिस्पर्धी नभएर अभियान सबलीकरणका लागि साझेदार सहयोगी भएको चर्चा गर्नुभयो । उहाँले सहकारी अभियान बृहत भइरहेको छ, यसलाई एकीकृत रुपमा विकास गर्न अब सरकारका तीनवटै तहहरुको सहयोग साथै सहकारीका जिल्ला, प्रदेश र केन्द्रीय संघहरुको सौहार्दता आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रमका विशिष्ट अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले बचत ऋण सहकारी अभियानको सबलीकरणका लागि जिल्ला, प्रदेश र केन्द्रबीच ‘इन्टरकनेक्टेड मोडेल’को विकास हुनुपर्नेमा जोडदिनुभयो । उहाँले अभियानको मुलमन्त्र सदस्यहरुको सेवा र वित्तीय सुरक्षा रहेको प्रष्ट्याउँदै सवल र दिगो वित्तीय सहकारीको साझा सञ्जाल निर्माणमा सम्पूर्ण अभियान ऐक्यबद्ध हुनपर्ने बताउनुभयो । 

प्रदेश बचत संघका बरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य सन्दिप सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 
रणनीतिक योजना निर्माण सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिनाले गर्नुभएको छ । 

कार्यक्रममा संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरु गरि १८ जनाको सहभागिता रहेको छ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र