शुक्रबार, जेठ ४
०३:११

मधेस प्रदेशको सहकारी ऐन प्रदेशसभाबाट पारित 

मंगलबार, चैत्र १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । मधेस प्रदेशको हिजो बसेको प्रदेशसभाको बैठकले सहकारी ऐन सर्वसम्मतले पारित गरेको छ । १ सय ३६ दफा २ अनुसूचि रहेको सहकारी ऐन अन्य प्रदेशको भन्दा पृथक र महत्वपूर्ण भएको प्रस्तावनामा उल्लेख गरिएको छ । लामो प्रतिक्षाको बाबजूत सहकारी विधेयक संसदबाट पास हुनुले मधेस प्रदेशको सहकारी अभियानले गति लिने संकेत गरेको छ । सहकारी विधेयकमाथी कोही कसैको विरोध नभएका कारण विधेयक टेवलबाट सर्वसम्मत पास भएको र प्रमाणीकरणको प्रक्रियामा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा. नम्रता सिंहले जानकारी गराउनुभयो ।

पूर्व मन्त्री शैलेन्द्र प्रसाद साहको कार्यकालमै हाउसमा दर्ता भई प्रदेश कमिटिमा थन्किएको सहकारी ऐनले मन्त्री विजय कुमार यादवको विशेष पहलमा मूर्त रुप लिएको सम्बन्धित स्रोतले जनाएको छ । ऐन छिट्टै प्रमाणीकरण भएर नियमावली निर्माण र कार्यान्वयन तहमा जाने विश्वास मधेशका सहकारीकर्मीले लिएका छन् । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र