शुक्रबार, जेठ ४
०२:३२

‘सहकारी बुझेका स्थानीय तहहरूमा सहकारी फस्टाएको छ’ 

सोमबार, चैत्र १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाले सहकारी क्षेत्रको प्रवर्धन र विकासका लागि अब हिजोका एजेण्डा होइन नयाँ एजेण्डा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहाकरी संघ लि.(नेफ्स्कून) को सौजन्य र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको अध्यक्षतामा आज नेफ्स्कूनको सभाहलमा आयोजित सहकारी समन्वय सञ्जालको ४८औं बैठकलाई सम्बोधन गर्दै उहाँले मुलुकको संरचनात्मक परिवर्तन सँगै हिजोका तुलनामा आज सबै कार्य चुनौतिपूर्ण भएको दाबी गर्नुभयो । 

ंसंघीय संरचना आफैमा ‘यूनिक’ हो । संघ,  प्रदेश र ७ सय ५३ वटै स्थानीय तहबाट एकसाथ प्रभावकारी कामहरु हुन नसकेपनि लड्दै सिक्दै अगाडि बढेको अवस्था छ, उहाँले भन्नुभयो, आज जति पनि स्थानीय तहहरू सहकारीको विषयमा ‘कन्भिन्स’ छन्, त्यहाँ सहकारी निकै फस्टाएका छन् । सहकारी अभियानले हरेक ठाउँमा सरकारलाई सहयोग पनि पुर्याएको छ । 

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारी क्षेत्रमा जतिसुकै सुन्दर योजना ल्याइएपनि सहकारीको वास्तविक तथ्यांङ एकीकृत रुपमा नआएसम्म समस्या रहिरहने दाबी गर्नुभयो । सहकारीमा अहिले डाटा सबैभन्दा महत्वपूर्ण विषय हो, उहाँले भन्नुभयो, “सरकारले सहकारी क्षेत्रको तथ्यांक व्यवस्थित गर्न सहकारी सूचना प्रणाली (कोपोमिस) सञ्चालनमा ल्याएपनि सहकारीहरुले त्यसको कार्यान्वयनमा प्रभावकारीता नदेखाउँदा तथ्यांक संकलनमा ढिलाइ भइरहेको छ ।” त्यसैगरी सहकारीमा सम्पत्ती शुद्धीकरणको नियमन गर्ने निकाय विभाग हो, त्यसमा पनि सहकारी संघ संस्थाहरु तीब्र कार्यान्वयनमा जानका लागि उहाँले अनुरोध गर्नुभयो । कर्जा सूचना केन्द्र स्थापनाको विषयमा सहभागीले राखेको जिज्ञासाप्रति सम्बोधन गर्दै रजिष्ट्रार पण्डितले विभागले विशेष समिति उपसमिति गठन गरेर छिट्टै कर्जा सूचना केन्द्र ल्याउने प्रक्रिया अगाडि बढाएको जानकारी गराउनुभयो । 

कार्यक्रममा महासंघ, सहकारी मन्त्रालय, सहकारी विभाग, नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड, कृषि विभाग, पशुसेवा विभाग, महिला विकास विभाग, राष्ट्रिय चिया तथा कफि विकास बोर्ड, राष्ट्रिय दुग्ध विकास बोर्ड, गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग, जिल्ला समन्वय समिति महासंघ, विषयगत केन्द्रीय सहकारी संघहरु र अन्तराष्ट्रिय श्रम संगठन नेपाल (आइएलओ), अन्तराष्ट्रिय असल छिमेकी नेपाल, सिमडिपी लगायतका साझेदार निकायहरुको समेत सहभागिता रहेको थियो । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सरकारको आगामी आर्थिक बर्ष २०७९ ०८० को नीति तथा कार्यक्रम र बजेटमा सहकारी क्षेत्रको तर्फबाट प्रस्तुत गर्ने राय तथा सुझावका लागि सहभागीहरुसमक्ष अनुरोध गर्नुभयो । साथै ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा देशभर सप्ताहव्यापी कार्यक्रमहरु सञ्चालन भइरहेको र महासंघले पनि चैत्र १९ गते सहकारी दिवसको कार्यक्रम आयोजना गर्ने जानकारी गराउँदै सहभागिताका लागि आव्हान गर्नुभयो । त्यसैगरी महासंघले यहि चैत्र अन्तिम साता घोषणा गरेको राष्ट्रिय युवा उद्यमशिलता गोष्ठीको प्रभावकारिताका लागि सम्पूर्ण सरोकारवाला र साझेदार निकायहरुसँग समन्वयका लागि अपिल गर्नुभयो ।  

सहकारी सचिवमा नियुक्त भएपछि पहिलो पटक नेफ्स्कून प्रवेश गर्नुभएका सचिव थपलियालाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाले स्वागत गर्नुभएको थियो । 
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी महासंघका नायव महाप्रबन्धक बाबुल खनालले गर्नुभएको थियो । कार्यक्रमका नेफ्स्कूनका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनाले नेफ्स्कूनको सेवा तथा व्यवसाय, रणनीतिक मार्गचित्र, साझा सञ्जालको अवधारणा सहित सामना शक्ति विकासका लागि संघले अगाडि बढाएको अभियानबीचको सद्भावपूर्ण सहकार्यका सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी बक्ताहरुले सहकारी क्षेत्रलाई राज्यले विशेष चासो देखाउनुपर्नेमा जोड दिनुभएको थियो । उत्पादनमूलक सहकारीमा अनुदान सहयोग, सहुलियतपूर्ण कृषि ऋण, प्रविधिमा जान प्रोत्साहन र अनुदान लगायतका बिषयमा नीतिगत पहलका लागि सचिवसमक्ष अनुरोध गर्नुभएको थियो । त्यसैगरी सहकारी एकीकरण, सहकारी दर्ता प्रक्रिया, कर्जा सूचना केन्द्र स्थापना, कर्जा असुली न्यायाधिकरण लगायतका विषयको सञ्चालनमा ढिलाई भइरहँदा सहकारीमा समस्या निरन्तर बढिरहेको सहभागीहरुले बताएका थिए । 

बैठकले केही महत्वपूर्ण निर्णयहरु सहित सञ्जालको आगामी बैठक जेठ दोस्रो साता सानाकिसान लघुवित्त संस्था, बबरमहल काठमाडौंको सौजन्यमा आयोजना गर्ने निर्णय समेत गरेको थियो । २०६६ सालमा गठित सहकारी समन्वय सञ्जालले सहकारी क्षेत्रको विकास र प्रवर्धनका निम्ति सरोकारवालाहरु समक्ष नियमित छलफल साथै समसामयिक सवालहरुमा अन्तरक्रिया गर्ने गर्दछ । सरकारको नीति कार्यक्रम तथा बजेटमा अभियानको तर्फबाट राय सुझाव पेश गर्नपनि सञ्जालको महत्पूर्ण भूमिका रहेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र