शुक्रबार, जेठ ४
०३:३३

आज बनेपाका दुई साकोस स्थिरीकरण कोषमा सहभागी

सोमबार, चैत्र १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । काभ्रेको बनेपाका दुई बचत तथा ऋण सहकारी संस्थाले आज स्थिरीकरण कोषमा योगदान रकम जम्मा गरेका छन् । बनेपाको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था र बनेपाकै मनकामना बचत तथा ऋण सहकारी संस्थाले कोषका लागि छुट्याएको रकम जम्मा गरेका हुन् ।

एसियाली स्तरको प्रमाणीकृत कार्यक्रममा सहभागी दुवै साकोसले साकोस सुरक्षा कवचको रुपमा सञ्चालनको संघारमा रहेको कोषमा योगदान गरेका हुन् । बुडोल सामुदायिक साकोसमा आज दिउसो आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसका अध्यक्ष कैलाश के.सी.लगायत पदाधिकारी, सञ्चालक समिति र नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र बरिष्ठ अधिकृत नविनराज दाहालको समुपस्थितिमा कोषमा योगदानरकम जम्मा गर्ने काम सम्पन्न भएको साकोसका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी गराउनुभयो ।

त्यसैगरी आजै बनेपाको मनकामना साकोसमा आयोजित एक कार्यक्रमका बीच साकोसका अध्यक्ष बालकृष्ण दाहाल, प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल र नेफ्स्कूनप्रतिनिधिको रोहबरमा कोषमा योगदान रकम जम्मा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले जानकारी गराउनुभयो । 

सहकारी ऐन २०७४ को दफा १०३ मा बचत तथा ऋण विषयगत संघको सञ्चालनमा सम्भावित जोखिमबाट संरक्षण गर्न त्यस्ता संस्थाहरु मिली एक स्थिरीकरण कोष खडा गर्न सक्ने व्यवस्था उल्लेख छ भने नियमावली २०७५ अनुसार कोष सुरु गर्न न्यूनतम १० करोड रुपैंया पुग्नुपर्ने प्रावधान पुरा नभएका कारण लम्बिएको कोष सञ्चालन प्रक्रिया अब छिट्टै सञ्चालनको तयारीमा छ ।  

बचत तथा ऋण सहकारी संस्थाको स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६, कार्यान्वयमा छ, सोही कार्यविधि को दफा ४४ बमोजिम संघले दुई बर्ष लागातार बार्षिक परामर्श बैठकको समेत आयोजना गरिसकेको छ । सोही अनुसार २०७६ माघ २७ गते काठमाडौंमा सम्पन्न प्रारम्भिक भेला (राष्ट्रिय गोष्ठी) मा सहभागी २ सय ९२ संघ संस्थाहरुले कोषमा सहभागिता जनाउने प्रतिबद्धता जाहेर गरेका थिए । सोही अनुरुप कोषमा हालसम्म १९३ साकोसबाट जम्मा रु. ७ करोड योगदानबापत संकलन भएको छ । बाँकी रकम नेफ्स्कूनले पेस्की स्वरुप व्यवस्थापन गर्ने र बैशाखको पहिलो साताबाट कोष सञ्चालनमा आउने जनाएको छ । 

सहकारी नियमावलीको  नियम ७४ (२०) क अनुसार कोष सञ्चालन समितिको अध्यक्ष नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अध्यक्ष तथा (ञ) अनुसार सदस्य सचिव नेफ्स्कूनका कार्यकारी प्रमुख समितिको सदस्य सचिव रहने व्यवस्था छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र