शनिबार, जेठ ५
०९:१७

साधारण सभा सञ्चालनका सम्बन्धमा विभागद्वारा नेफ्स्कूनलगायत सरोकारवाला सँग छलफल, चाँडै निर्देशन जारी गर्ने अपेक्षा

मंगलबार, भदौ ३०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौ, ३० भदौं । सहकारी विभागले कोभिड १९ महामारीको प्रतिकुल अवस्थामा सहकारी संघ संस्थाहरुको वार्षिका साधारण सभा सञ्चालनका विधि र प्रक्रियाका बारेमा आज नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून), राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, सहकारी पत्रकार समाज लगायत सरोकारवालाहरुसँग छलफल गरेको छ । यसअघि विभागले यही भदौ २१ गते परिपत्र जारी गरी असहज परिस्थितिमा कसरी साधारण सभा गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरुसँग छलफल भैरहेको र थप छलफलहरु गरी आवश्यक निकास निकाल्ने जनाएको थियो । विषम् परिस्थितिमा अन्तिम लेखा परिक्षणका साथै वार्षिक साधारण सभा सञ्चालनका बारेमा सहकारी संघ संस्थाहरु समयमै नियामक निकायको निर्देशन प्रतिक्षामा छन् । 

साधारण सभा सञ्चालनको अन्योलका बीच नेफ्स्कूनले भदौ २५ गते महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी नमूना कार्यविधि सहकारी विभाग र महासंघलाई बुझाएको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे र महासंघका बरिष्ठ उपाध्यक्ष एवम् आइसीए ग्लोवल वोर्ड सदस्य ओमदेवी मल्ललाई मस्यौदा कार्यविधि बुझाउनुभएको थियो । नेफ्स्कूनले बुझाएको उक्त कार्यविधिले विभागलाई निर्देशन जारी गर्न सहज हुने धारणा रजिष्ट्रार डा.टोकराज पाण्डेले व्यक्तगर्नुभएको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष् पौड्यालले आजको छलफल सकारात्मक भएको भन्दै चाँडै विभागबाट यस विषयमा सम्बोधन हुने बताउनुभएको छ । उहाँले नेफ्स्कूनले बुझाएको कार्यविधिका धेरै विषयमा विभागबाट सकारात्मक धारणा आएको भन्दै अब छिट्टै विभाग अन्तिम निष्कर्षमा पुग्ने दाबी गर्नुभयो । 

कोभिड १९ को महामारीसँगै संक्रमणको दर फराकिलो भइरहेको परिप्रेक्ष्यमा सहकारीहरुले सदस्यहरुको भौतिक सहभागितामा वार्षिक साधारण सभा आयोजना गर्न सम्भव नभएको सन्दर्भमा नियामक निकायको निर्देशन व्यग्रतापूर्वक पर्खेर बसेका छन् । यसैलाई ध्यानमा राखेर वित्तीय सहकारीहरुको छाता संगठनले सहजिकरण गर्ने उद्देश्यले नमूना कार्यविधि निर्माण गरी हस्तान्तरण गरेको थियो । 

महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुहाङ्गले आजको छलफल सौहार्दपूर्ण भएको बताउँदै अब चाँडै निचोड सहितको निर्देशन विभागबाट जारी हुने बताउनुभयो । यसअघि सहकारी अभियानको छाता संगठन महासंघले पनि विभागलाई साधारण सभा आयोजना सम्बन्धी आफ्ना सुझावहरु बुझाइसकेको थियो .छलफलमा भर्चुअल विधिबाट साधारण सभा गर्ने विषयमा विभागको केही रिजर्भेशन रहेको बुझिएको छ । साधारण सभालाई पछि सार्ने वा भर्चुअल विधिबाट गर्ने भन्दा पनि सहकारी ऐन २०७४ को प्रावधान अनुरुप नै अघि बढ्नुपर्ने धारणा विभागको रहेको छ । सदस्यहरुलाई साधारण सभाको एजेन्डा र वार्षिक प्रतिवेदन अध्ययनका लागि पहिल्यै पठाएर समय उपलब्ध गराइ व्यक्तिगत सुरक्षाका मापदण्डहरु पालना गरेर सहभागितामूलक आधारमा साधारण सभा सञ्चालन गर्न सक्ने विषयमा विभागको जोड रहेको बुझिएको छ । सहकारी ऐन २०७४ अनुसार सहकारी संघ संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने छ ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।