बिहीबार, वैशाख २०
१०:१४

बचत संघद्वारा बजरप्रतिनिधिहरुका लागि क्षमता अभिबृद्धि तालिम सञ्चालन

आईतबार, चैत्र १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा एक दिवसीय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम शुक्रबार भक्तपुरमा सम्पन्न भएकोछ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्थाको सेवा सदस्यको घरदैलोमै पुर्याउने आवधारणको विकास भएर संस्थाले बजार प्रतिनिधिहरुको व्यवस्था गरेको बताउनुभयो । उहाँले बजार प्रतिनिधिले रकम संकलन गर्ने काम मात्र नगरी सहकारीको मुल्य मान्यता र सिद्धान्तबारे ज्ञानहासिल गरी सदस्यलाई सेवा दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

संघका संचालक एंव उपसमितिका संयोजक इन्द्रप्रसाद व्यान्जुले संस्थाका बजार प्रतिनिधि संस्थाको प्रमुख सेवा प्रदायक भएकोले संस्थाको बस्तु तथा सेवा विक्रीमा महत्वपुर्ण भुमिका रहने कुरा बताउनुभयो । उहाँले संस्था र आफ्नो व्यक्तिगत विकासका लागि तालिमबाट सिकेका व्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिनुभयो । 

तालिमको समापन समारोह संचालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीका बस्तु तथा सेवा बजारमा सदस्यमाझ पुर्याउनुको साथै सदस्यको नियमित हेरचाह र सहकारी शिक्षा, सन्देश प्रवाहमा बजार प्रतिनिधिले जोड दिनुपर्ने कुरा बताउनुभयो । तालिममा सहभागीहरुले तालिमले आफूले गर्दै आएको कार्यको क्षमता अभिवृद्धिमा सहयोग पुर्याएकोमा खुशी व्यक्त गर्दे तालिमबाट सहकारीका मूल्य सिद्धान्त, बजार प्रतिनिधिको काम कर्तव्य र भुमिका, बजार प्रतिनिधिमा हुनुपर्ने गुणहरु, बजार व्यवस्थापन, बजार प्रतिनिधिले ध्यानदिनुपर्ने कुराहरु, बजारीकरणका सिप लगाएतका विषयहरु सिकेको बताउनुभयो । तालिममा सदस्य संस्थामा कार्यरत ३३ जना बजार प्रतिनिधिहरुको सहभागिता थियो । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र