शुक्रबार, वैशाख २१
०५:३३

सिक्ट्याव परिषद बैठक सहभागिताका लागि नेफ्स्कूनका सिइओ नयाँदिल्ली प्रस्थान

आईतबार, चैत्र १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल कृषिगत बैंकिंङ्गमा अन्तराष्ट्रिय सहकारिता एवं प्रशिक्षण केन्द्र ( CICTAB) को २३औं परिषद् बैठक सहभागिताका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय सहकारी मन्त्रालयका सचिव Devendra Kumar Singh को अध्यक्षतामा मार्च २८ मा नयाँदिल्लीमा आयोजित कार्यक्रममा सिक्ट्यावको सदस्यता प्राप्त नेपाल, श्रीलंका, वंगलादेश, भूटान, माल्दिभ्स र भारत राष्ट्रका सरकार, बैंक वित्तीय संस्था र सहकारी क्षेत्रका ४० भन्दा बढी परिषद् प्रतिनिधिहरुको सहभागिता रहने छ । 

पदिषद्को २३औं बैठकले २२औं बैठकबाट पारित निर्णयहरुको कार्यान्वयन समिक्षा, सन् २०२३ सम्मका कार्यक्रम प्रमाणिकरण, सिक्ट्याबको हालसम्मको वित्तीय अवस्था, लेखपरीक्षण प्रतिवेदन सहित आगामी व्यवस्थापन समिति बैठकका लागि आवश्यक सुझाव तथा निर्णयहरु सिफारिश गर्ने सम्बन्धमा बैठक लक्षित हुने जनाएको छ । 

सिक्ट्याव भारतले प्रत्येक बर्ष सार्क मुलुक लगायत विभिन्न सदस्य देशहरुमा तालिम कार्यक्रमहरु समेत सञ्चालन गर्दै आईरहेको छ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र