शुक्रबार, वैशाख २१
०७:२९

भक्तपुरमा साकोसहरुबीच असल सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न

आईतबार, चैत्र १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । छिन्नमस्ता महिला साकोस चागुनारायण–भक्तपुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा प्रोवेसन बागमती क्लष्टर चौथोको ७ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला चैत्र ११ गते सम्पन्न भएको छ ।

साकोसका अध्यक्ष देवका श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले अबको दुनियाँ भर्चुअल बैंकमा जाँदैको गरेको कुरा संकेत गर्दै नेफ्स्कूनले साकोसहरुको लागि अब पूर्ण सोलुसन सहितको प्रविधिको लागि कार्य गरिरहेको र यहाँहरुले छिट्ै उक्त सेवा नेफ्स्कून मार्फत पाउने दावी गर्नुभयो । अब साकोसको सुदृढीकरण र कुशल व्यवस्थापनका लागि स्तरीकरण र स्थिरीकरणकोष र्निविकल्प भएको प्रस्ट्याउँदै साकोसको स्वस्थ वित्तीय अवस्था र स्वच्छ छवि निर्माणका लािग सञ्चालित कार्यक्रमहरुको सफलतामाथी प्रकाश पार्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिना, कार्यक्रम अधिकृत कोमलाराज अधिकारी, काभ्रे, काठमाडौं, ललितपुर र भक्तपुरबाट गरी क्ष्टरमा आबद्ध ११ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ३१ जनाको सहभागिता रहको थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा साकोसको व्यावसायिकीकरण, सदस्य सुरक्षा र संस्थाको गुणस्तर बृद्धिका लागि विविध विषयमा महत्वपूर्ण निर्णयहरु गरिएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र